२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति सभामुख घिमिरेको असन्तुष्टि

shivam cement
२०८२ असोज २ गते १४:२९
Shares
प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति सभामुख घिमिरेको असन्तुष्टि

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

बिहीबार संघीय संसद भवनको क्षतिग्रस्त संरचनाको अवलोकन गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो असन्तुष्टि राखेका हुन् ।

प्रतिनिधि सभा विघटन नगरी त्यसैबाट समाधान खोज्दा राम्रो हुनेमा त्यस्तो हुन नसकेको उनको भनाइ छ । उनले जेनजी पुस्ताको आन्दोलनको उद्देश्यको राम्रोसँग अध्ययन गरेर मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

आन्दोलनका क्रमममा मुलुकले व्यहोरेको क्षति दुःखदायी भएको भन्दै उनले सबैले एकआपसमा मिलेर मुलुकलाई ठिक ढंगले अगाडि बढ्नुपर्ने बताए ।

सभामुख घिमिरेले अन्तरिम सरकारको काँधमा ठुलो जिम्मेवारी रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने कामना पनि व्यक्त गरे ।

सम्बन्धित खबर