२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

राष्ट्रपति चुरे मधेश विकास समिति भैरहवाको प्रगति ९० प्रतिशतमाथि

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन ५ गते २१:०७
राष्ट्रपति चुरे मधेश विकास समिति भैरहवाको प्रगति ९० प्रतिशतमाथि

बुटवल : राष्ट्रपति चुरे तराई मधेश सरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवलले आर्थिक वर्ष २०८०/८१ मा ९० प्रतिशत बजेट खर्च गरेको छ । 

गत वर्ष संघीय सरकारले सो कार्यालयका निम्ति विनियोजन गरेको पुँजीगततर्फ १७ करोड ८९ लाख बजेटमध्ये धेरै योजनाहरु तोकिएको परिधिभित्र रहि काम सम्पन्न भएपनि केही योजनामा समयमा काम सम्पन्न हुन नसक्दा सबै बजेट खर्च हुन नसकेको कारण गएको वर्षको तुलनामा यस वर्ष धेरै काम सम्पन्न भएकाले ८५ प्रतिशत भौतिक वित्तीय  प्रगति देखिएको हो । 

सो  कार्यालयमा पुँजीगत परामर्श ३१,१३५, तटबन्ध तथा बाँध निर्माण ३१,१५४, सिँचाइ संरचना निर्माण ३१,१५५, वन तथा वातावरण संरक्षण ३१,१५७ र अन्य सार्वजनिक निर्माण ३१,१५९ गरी पाँच खर्च शिर्षक अन्तर्गत ८६ वटा योजनाहरु ११ जिल्लाका विभिन्न  स्थानमा योजना तोकेर   बजेट विनियोजन भएको राष्ट्रपति चुरे तराई मधेश कार्यान्वयन इकाई भैरहवाका प्रमुख उपसचिव रामकृष्ण राजथलाले बताए । 

विभिन्न जिल्लामा प्रकृति हेरी तटबन्ध तथा बाँध निर्माण गल्छी, नियन्त्रण पहिरो नियन्त्रण लगायतका महत्वपूर्ण जनचासो अन्तर्गत कार्यक्रम योजनाहरुलाई विभाजन गरी काम सम्पन्न गरिएको छ । न्यून जनशक्ति भौगोलिक विकटता साधन श्रोतको अभावका बाबजुद पनि सो कार्यालयमा रहेका सिमित प्राविधिक कर्मचारीहरुको तदारुकताले सोचे भन्दा बढी काम सम्पन्न भएको र धेरै बजेट फ्रिज जान नपाएको राष्ट्रपति चुरे तराई मधेश विकास समिति भैरहवाका सूचना अधिकारी प्रकाश बस्नेतले बताए ।

सो कार्यालयको मातहतमा रहेका ८६  वटा योजनाहरुमध्ये ८० वटा योजनाहरु यस वर्ष सम्पन्न भएकोले आर्थिक भौतिक प्रगति सन्तोषजनक रहेको कार्यान्वयन इकाईका लेखा अधिकृत चक्रपाणी पाण्डेले जानकारी दिए ।

राष्टपति तराई मधेश विकास समितिको कार्यक्षेत्रमा नपर्ने बाँके जिल्लामा २ वटा कार्यक्रम, चुरे क्षेत्रमा नपर्ने पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा ५ वटा कार्यक्रम भनेर विकास समितिले बजेट विनियोजन गरेपनि कार्यक्रम संशोधनको लागि समितिमा पटक–पटक पत्रचार गरी संशोधन माग गरिएको तर बजेट संशोधन भएर नआएको कारण केही बजेट फ्रिज गएको  लेखा अधिकृत पाण्डेले दाबी गरे । 

विकास समितिसँग समयमा आएर सम्झौता गरेका बुटवल उपमहानगर पालिका वडा नं.१ को सिमसार संरक्षण समिति र कपिलवस्तुको बुद्धभूमि १० को नदी किनारा संरक्षण तथा व्यवस्थापन सम्बन्धी योजना सम्झौता भएपनि उपभोक्ताहरुको विवादका कारण काम  हुन नसकेपछि भौतिक वित्तीय प्रगतिमा कमि आएको कार्यालय प्रमुख उपसचिव राजथलाको भनाइ छ  ।

सो कार्यालयको मातहतमा रहनेगरी चुरे संरक्षण विकास समितिले बुटवल सिद्धार्थनगर नगरपालिका १, विन्दवासिनी गोनहियाको नदी किनारा संरक्षण तथा व्यवस्थापन कार्यक्रम भनी बजेट विनियोजना भएकोमा ठेगाना र योजनाको काम गर्ने ठाउँ पत्ता लगाउन नसक्दा केही बजेट फ्रिज भएको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

स्वीकृत वार्षिक कार्यक्रम अनुसारका ७ शिर्षकमा विभाजन गरी विनियोजित बजेट तथा खर्च, लक्षित परिमाण र सम्पन्न परिमाण, भार र भारित अंकको विश्लेषणको आधारमा झण्डै ९० प्रतिशत बजेट खर्च भएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise