२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विद्युत ट्रान्सफर्मर जल्दा साढे दुई सय घरधुरी अन्धकारमा

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ साउन ५ गते २२:११
विद्युत ट्रान्सफर्मर जल्दा साढे दुई सय घरधुरी अन्धकारमा

रौतहट : रौतहटको यमुनामाई गाउँपालिका वडा नं.४ को पछेयारी टोलमा विद्युतीय ट्रान्सफर्मर जल्दा साढे दुई सय घरधुरी अध्यारोमा बस्न बाध्य भएका छन् । 

शुक्रबार राति करिब ८ बजेदेखि विद्युत अवरुद्ध भएको छ । स्थानीयले शनिबार बेलुका ४ बजेदेखि साढे ४ बजेसम्म गौर चन्द्रपुर सडक अवरुद्ध समेत पारेका छन् ।

शनिबारदेखि आइतबार दिउँसो १२ बजेसम्म ट्रान्सफर्मर जडान नभए आइतबार १ बजेदेखि अनिश्चित कालका लागि यातायात ठप्प हुने आन्दोलनरत स्थानीयले बताएका छन् ।

प्राधिकरणका इन्जिनियर रामअयोध्या प्रसाद यादव समक्ष ट्रान्सफर्मरका बारेमा कुरा राख्दा वेवास्ता गरेको भन्दै आक्रोशित स्थानीयहरुले लामो तथा छोटो दुरीका सवारी साधन ठप्प पारेका हुन् । उनीहरु ट्रान्सफर्मरको व्यवस्था नभएर थप चरणबद्ध आन्दोलन गर्ने  चेतावनी दिएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise