२०८२ असोज १० गते शुक्रवार / Sep 26 , 2025 , Friday
२०८२ असोज १० गते शुक्रवार
Ads

नेपाल बैंकमा सुकिला नोट पाउन गाह्रो

shivam cement
बालाराम शेर्पाली
२०८२ असोज १० गते २१:२०
नेपाल बैंकमा सुकिला नोट पाउन गाह्रो

रुकुमपूर्व : दसैं–तिहार नजिकिँदै गर्दा नेपाल बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण थालिएको थियो । तर, रुकुमपूर्व शाखामा वितरण प्रक्रिया सुरु भएदेखि नै सेवाग्राहीले भने सुकिला नोट पाउन सकेका छैनन् । 

बैंकमा पुगेका सेवाग्राहीहरूका अनुसार यहाँको शाखाले दश हजार रुपैयाँभन्दा कम रकम लिन चाहनेलाई सुकिला नोट नदिने गरेको छ । ‘हामीजस्ता सामान्य नागरिकलाई दश हजारभन्दा कममा नोट पाइँदैन भन्दै फर्काइन्छ तर, त्यही बेला चिनेको मान्छेलाई भने सहजै धेरै नोट दिइन्छ’, एक सेवाग्राहीले नाम नखुलाउने सर्तमा गुनासो गरे ।

सामान्य सेवाग्राहीलाई मात्र नभई बैंकका कर्मचारी आफन्त र नजिकका चिनेजानेकालाई भने बैंकले सहजै सुकिला नोट वितरण गरिरहेको छ । ‘बैंकमा सुकिला नोट लिनको लागि सर्वसाधारण घण्टौं बस्नुपर्छ तर, कर्मचारीका मान्छे आएपछि भने सिधै उनीहरूको हातमा नोट पु¥याइन्छ’, अर्का एक नागरिकले बताए ।

सेवाग्राहीहरूले सुकिला नोट माग्दा बैंकका केही कर्मचारीले अपमानजनक व्यवहार गरेकोसमेत गुनासो गरेका छन् । कतिपय नागरिकले नोट लिन आएको मान्छेप्रति कर्मचारीहरूकै बोलीले निरास भएर फर्कनु परेको बताए ।

यस विषयमा शाखा व्यवस्थापनसँग बुझ्दा शाखा प्रबन्धक ससिराम केसीले तत्काल समस्याको समाधान गर्ने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise