२०८३ मंसिर १० गते बिहिवार / Nov 26 , 2026 , Thursday
२०८३ मंसिर १० गते बिहिवार

टाँडीमा एथरको १७औं एक्सपेरियन्स सेन्टर सञ्चालन

Nada
२०८३ मंसिर १० गते १८:३७
Shares
टाँडीमा एथरको १७औं एक्सपेरियन्स सेन्टर सञ्चालन

काठमाडौं : नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जीले चितवनको रत्ननगरस्थित टाँडीमा एथरको १७औं एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा आएसँगै रत्ननगर तथा आसपासका ग्राहकलाई एथरका विद्युतीय स्कुटरबारे जानकारी लिन, टेस्ट राइड गर्न तथा खरिदसम्बन्धी सहन हुनेसहज हुने कम्पनीले जनाएको छ ।

नयाँ सेन्टर एक्सपेरियन्स सेन्टर  सञ्चालनमा आएसँगै आएको हो । डाइनामिक इनर्जीले यसअघि चितवनको आस्था चोकमा एथरको एक्सपेरियन्स सेन्टर सञ्चालन गर्दै आएको थियो ।

टाँडीमा दोस्रो डिलरसिप लोकेसन विस्तार गर्दै कम्पनीले चितवन क्षेत्रमा विद्युतीय सवारीको पहुँच थप बढाउने जनाएको छ । नयाँ एक्सपेरियन्स सेन्टरमा ग्राहकले एथरका ४५० सिरिज तथा एथर रिज्टा स्कुटर अनुभव गर्न सक्नेछन् । ४५० सिरिज प्रदर्शन, प्रविधि र राइडिङ अनुभवमा केन्द्रित छ भने रिज्टा पारिवारिक तथा दैनिक प्रयोजनलाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।

एथरका स्कुटरमा म्याजिक ट्विस्ट, इन्फिनिटी क्रुज र भ्वाइस इन्टर्याक्सनजस्ता प्रविधि तथा सुविधा उपलब्ध छन्। म्याजिक ट्विस्टमार्फत थ्रोटलको प्रयोगबाट एक्सेलेरेसन तथा डिलेरेसन गर्न सकिन्छ भने इन्फिनिटी क्रुजले लामो दूरीको यात्रामा सहजता प्रदान गर्नेछ । 

विद्युतीय स्कुटरको दीर्घकालीन स्वामित्वलाई थप विश्वसनीय बनाउन एथरले ‘एथर एस्योरेन्स एटसेभेन्टी’ कार्यक्रमसमेत उपलब्ध गराउँदै आएको छ ।

एथरको नेपालभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर र ५३ भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ पोइन्ट सञ्चालनमा छन् । यसले ग्राहकलाई सर्भिस तथा चार्जिङ सुविधा उपलब्ध गराउन सहयोग पुर्‍याउँदै आएको छ । नयाँ एक्सपेरियन्स सेन्टर उद्घाटनको अवसरमा एथरले योग्य स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याकको अफर समेत ल्याएको छ । 

वैद्य इनर्जीले नेपालमा एथरको एक्सपेरियन्स सेन्टर, सर्भिस तथा चार्जिङ नेटवर्क विस्तार गर्दै विद्युतीय सवारीको पहुँच बढाउने लक्ष्य लिएको छ । रत्ननगरको नयाँ सेन्टरलाई कम्पनीले चितवनमा विद्युतीय मोबिलिटी विस्तार गर्ने यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा कम्पनीले लिएको छ ।

laxmi recruitement

सम्बन्धित खबर