दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
काठमाडौं : फिल्म ‘गुञ्जन’ युनिट यतिबेला दुवई पुगेको छ । फिल्मको एकमात्र गीत ‘सास चल्छ पल पल तिम्रै मायाको’ छायांकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जन सहित अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको साथमा जम्बो युनिट सहित दुवई पुगेका छन् ।
प्रिमतराज र साराको रोमान्टिक सिनमा फिल्मको गीत दुवईको विभिन्न आकर्षक स्थानमा छायांकन भइरहेको छ । जसको कोरियोग्राफी कबिराज गहतराजले गरिरहेका छनभने छायांकन बिदुर पाण्डेले गरिरहेका छन् ।
दुई दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्टको निर्देशनमा यो डेब्यु फिल्म हो भने आफूले फिल्म क्षेत्रबाट सिकेको, जानेको सबै ‘गुञ्जन’मा लगानी गरेको बताए । विशुद्ध प्रेमकथाको बिषयमा बनेको उक्त फिल्ममा सारा र प्रितमराज, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका छन् ।
राजु श्रेष्ठको छायांकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको फिल्मको काठमाडौं, पोखरा, जोमसोम लगाएतका स्थानहरुमा छायांकन गरेको छ ।
हिराकृष्ण शाहीको प्रस्तुतिमा निर्माता सुनिता शाहीे रहेको उक्त फिल्म इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो भने अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स देख्न सकिन्छ । उनले ‘कोही भन्छन रसिली छु रे’ बोलको गीतमा आर्कषक आइटम नृत्य गरेकी छिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies