२०८२ असोज २३ गते बिहिवार / Oct 09 , 2025 , Thursday
२०८२ असोज २३ गते बिहिवार
Ads

शहीद रामप्रसाद बन्जाडेको योगदानको स्मरणमा पुस्तक प्रकाशन

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ असोज २२ गते २०:५०
शहीद रामप्रसाद बन्जाडेको योगदानको स्मरणमा पुस्तक प्रकाशन

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा दिवंगत नेकपा माओवादी नेता रामप्रसाद बन्जाडे (टंकमणि शर्मा) को योगदानको स्मरणमा ‘टंकमणि ः एक क्रान्तिबीज’ नामक पुस्तक विमोचन तथा परिवार सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

शहीद स्मृति प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा टंकमणि शर्माको राजनीतिक तथा सामाजिक जीवनका महत्वपूर्ण पक्षहरू समेटिएका छन् । पुस्तकमा विभिन्न लेखक र राजनीतिक विश्लेषकहरूले शर्माको जीवन र योगदानबारे विस्तृत व्याख्या गरेका छन् ।

कार्यक्रम माओवादी केन्द्रका केन्द्रीय सदस्य चन्दबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो ।

उनीहरूले दिवंगत टंकमणि शर्माको योगदानको प्रशंसा गर्दै उनले समाज र देशका लागि गरेको त्याग र प्रतिबद्धताको स्मरण गरेका थिए ।

कार्यक्रम शहीद स्मृति प्रतिष्ठान भवन अर्घाखाँचीका अध्यक्ष ठाकुर कुमार विकको अध्यक्षतामा तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य देवबहादुर रायमाझीको सञ्चालनमा सम्पन्न भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise