२०८२ असोज २९ गते बुधवार / Oct 15 , 2025 , Wednesday
२०८२ असोज २९ गते बुधवार
Ads

गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीको पक्षमा वकालत गर्दैनौं : अध्यक्ष बस्याल

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ असोज २८ गते २१:१९
गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीको पक्षमा वकालत गर्दैनौं : अध्यक्ष बस्याल

अर्घाखाँची : नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष काशीराम बस्यालले गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीको पक्षमा संघ कहिल्यै वकालत नगर्ने बताएका छन् । 

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघले सन्धिखर्कमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले पछिल्लो समय कम मूल्यमा ठेक्का लिने प्रवृत्ति बढ्दै गएपछि निर्माण कार्यको गुणस्तर कमजोर हुने र त्यसको असर नागरिकमा पर्ने समस्या देखिएको बताए । उनले निर्माण व्यवसायीहरू राज्यका कारण पीडित भएको पनि दाबी गरे । अध्यक्ष बस्यालले निर्माण कार्यको क्रममा सिमेन्ट, छडलगायत सामग्रीमा अस्वाभाविक मूल्यवृद्धि हुने र काम सम्पन्न भएपनि समयमा भुक्तानी नपाउँदा व्यवसायीहरू मारमा परेको बताए ।

उनले भने, ‘एकातिर काम गरेको पैसा पाउन सकिएको छैन, अर्कोतिर निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्ने गर्छ, जसले व्यवसायीलाई मर्कामा पारेको छ । अन्तरिम सरकारले हाम्रो समस्या बुझेन, यसतर्फ गम्भीर रूपमा ध्यान दिन जरुरी छ ।’

बस्यालले अहिले निर्माण व्यवसायीले सहज रूपमा काम गर्न सक्ने वातावरण नै नभएको उल्लेख गर्दै विश्वभर सफल ठहरिएका व्यवसायीहरू नेपालमा असफल हुनुपर्ने अवस्था रहेको बताए । उनले पूर्वाधार र विकासमैत्री ऐन तथा कानुन नहुँदासम्म निर्माण कार्यहरू समयमा सम्पन्न हुन नसक्ने स्पष्ट पारे । 

कार्यक्रममा लोकतान्त्रिक निर्माण व्यवसायी संघका उपाध्यक्ष नारायणसिंह बेल्वासेले केही व्यवसायीका गलत कार्यका कारण सम्पूर्ण निर्माण व्यवसायी समुदायमाथि नकारात्मक दृष्टिकोण सिर्जना भएको बताए । उनले राम्रो र पारदर्शी काम गरेर नागरिकको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमको सञ्चालन संघका महासचिव अर्जुन खनालले गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise