२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पुल निर्माण भएको एक महिना नबित्दै चर्कियो

ADV
घुरन यादव
२०८१ साउन ७ गते ११:३६
पुल निर्माण भएको एक महिना नबित्दै चर्कियो

सप्तरी : सप्तरीको बोदे बरसाइन नगरपालिका वडा नं. ६ स्थित कटहा पुल निर्माण कार्यमा अनियमितता भएको गुनासो बढेको छ । पुल निर्माण सम्पन्न भएको एक महिना नबित्दै पुल चर्किएपछि निर्माण कार्यमा अनियमितता भएको स्थानीयहरुले गुनासो गरेका हुन् ।

१८ लाख रुपयाँ लागतमा निर्माण भएको उक्त पुल एक महिनामै चर्किएको स्थानीयहरु बताउँछन् । पुल निर्माणमा कमसल रड तथा सिमेन्ट प्रयोग गरेका कारण एक महिनामै पुल चर्किएको स्थानीयहरुको भनाइ छ ।

पुल निर्माण भएपछि आवतजावतमा सहज हुँदा हर्षित भएका स्थानीय नयाँ पुल नै चर्किएर भत्किन लागेपछि पुन: सास्ती व्यहोर्नुपर्ने चिन्तामा छन् ।

पुल निर्माणमा लापरबाही गर्नेलाई तत्काल कानूनी कारबाही गर्नुपर्ने स्थानीयहरुको माग छ ।

ADVADV

सम्बन्धित खबर

Advertise