२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हेटौंडामा ९० जनाको नि:शुल्क आँखा परीक्षण

ADV
राजकुमार के.सी.
२०८१ साउन ८ गते १८:३३
हेटौंडामा ९० जनाको नि:शुल्क आँखा परीक्षण

हेटौंडा : टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा भएको नि:शुल्क आँखा परीक्षण शिविरमा ९० जनाको आँखा परीक्षण गरिएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा हेटौंडा–१९ स्थित तपोवन टोल विकास संस्थामा मधुमेहका बिरामी तथा ५० वर्षभन्दा बढी उमेर भएका व्यक्तिहरूको आँखाको पर्दा जाँच गरिएको हो ।

नेपालमा पछिल्लो समय मधुमेह र उच्च रक्तचापका बिरामी बढ्दै गएसँगै त्यसले आँखामा असर पार्ने हुँदा आँखा परीक्षण शिविरको आयोजना गरिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले बताए । मधुमेह र उच्च रक्तचापले मानव शरीरको विभिन्न अंगहरुमा असर गर्ने र सबैभन्दा पहिले आँखाको दृष्टिपर्दा अर्थात रेटिनामा असर गर्ने भएकाले सोसम्बन्धी जनचेतना फैलाउने पनि कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष अधिकारीले बताए ।

साथै ५० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरुमा आँखासम्बन्धी समस्या धेरै आउने, तर अधिकांश व्यक्तिहरू परीक्षण गर्न नजाने कारणले यो कार्यक्रम निकै प्रभावकारी हुने भन्दै कार्यक्रम नगरका सबै वडामा सञ्चालन गरिने आयोजकले जनाएको छ । मंगलबार भएको शिविरमा परीक्षण गरिएकामध्ये २० जना बिरामीको आँखामा समस्या देखिएको अस्पतालका प्रशासन प्रमुख सुधिर श्रेष्ठले बताए ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको आँखा परीक्षण शिविर शुभारम्भ कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष नरनाथ सुवेदी, हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकाली, प्रशासन प्रमुख सुधिर श्रेष्ठ, प्राविधिक मिनबहादुर रोकाया, टोल विकास वडा समन्वय समिति हेटौंडा–१९ का अध्यक्ष देवेन्द्र अर्याललगायतको आतिथ्यता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise