२०८२ असार १६ गते सोमवार / Jun 30 , 2025 , Monday
२०८२ असार १६ गते सोमवार
Ads

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै त्रिपुरासुन्दरी

shivam cement
मध्यान्ह
२०८१ साउन ८ गते २०:२५
स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै त्रिपुरासुन्दरी

डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी र प्रसुति केन्द्रको सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने भएको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पालिका स्वास्थ्य शाखाले मासिक बैठकलाई त्रीव्रता दिँदै आएको छ ।

स्वास्थ्य संस्थामा औषधिको मौज्दात, जनशक्तिको नियमितता, उपलब्ध सेवाप्रवाहको अवस्था, व्यवस्थापन पक्षको कार्यशैली लगायत सुधार गर्नुपर्ने पक्षको बारेमा मासिक बैठकमा छलफल हुने गरेको छ ।  

नगरपालिकाभित्रका स्वास्थ्य चौकीमा देखिएका समस्या चुनौती र समाधानका उपाय खोज्न मासिक बैठकलाई जोड दिने गरिएको स्वास्थ्य शाखा इन्चार्ज तुलबहादुर श्रेष्ठले मध्यान्हलाई जानकारी दिए । 

त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धराला र सामाजिक विकाश शाखा संयोजक तथा वडा नम्वर ३ का वडाअध्यक्ष भक्तबहादुर केसीको समेत उपस्थितिमा हुने मासिक बैठकमा नयाँ आर्थिक वर्ष  २०८१/०८२ को सुरुवातमै बैठक बसेको हो ।

चालु आवमा स्वास्थ्य सेवा प्रवाह के कस्तो रह्यो ?, नगरवासीले सुलभ स्वास्थ्य सेवा प्राप्तिमा के कस्तो झन्झट व्यहोर्नु पर्‍यो ?, औषधिको आपूर्तिदेखि प्रसुति केन्द्रमा आउने गर्भवती महिलाले के–कस्ता समस्या झेल्नु पर्‍यो ?, जनशक्तिको अवस्था नगरपालिकाले गर्नुपर्ने जिम्मेवारी लगायतका पक्षमा अन्तरक्रिया समेत गरिएको शाखा प्रमुख श्रेष्ले बताए ।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनेतर्फ कुनैपनि कसुर बाँकी नरहने स्वास्थ्य संस्थाको आवश्यकता माग र सृजित समस्याको आधारमा नगरपालिका सहयोग गर्न तयार रहेकोले सेवा प्रवाहमा कुनै किसिमको कमी हुन नदिन नगरप्रमुख जनचन्द्र रोकायाले निर्देशन दिए । 

त्रिपुरासुन्दरी नगरपालिकामा ५ वटा स्वास्थ्य चौकी, ५ आधारभूत स्वास्थ्य केन्द्र, २ वटा सामुदायिक इकाइ र ५ स्वास्थ्य चौकी अन्तर्गत ४ ओटा प्रसुति केन्द्र रहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise