२०८२ कार्तिक २६ गते बुधवार / Nov 12 , 2025 , Wednesday
२०८२ कार्तिक २६ गते बुधवार
Ads

गेरुवामा ‘पूर्वानुमानमा पूर्वतयारी र असल अभ्यास’ विषयक गोष्ठी सम्पन्न

shivam cement
सन्तोष पौडेल
२०८२ कार्तिक २६ गते २०:३८
Shares
गेरुवामा ‘पूर्वानुमानमा पूर्वतयारी र असल अभ्यास’ विषयक गोष्ठी सम्पन्न

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा ‘पूर्वानुमानमा पूर्वतयारीको अवस्था र स्थानीय विपद् व्यवस्थापन समितिका असल अभ्यासहरू’विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र बि ग्रुपको साझेदारीमा सञ्चालित प्रयास परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो । 

गोष्ठीमा मौसम पूर्वानुमान प्रणालीको परिचय, प्रारम्भिक चेतावनी सूचना प्रणालीको प्रयोग र प्रसारणका विषयमा विस्तृत छलफल गरिएको थियो । साथै, साझेदार निकायका प्रतिनिधिहरूले जोखिम पहिचान, मानचित्रण, प्रारम्भिक चेतावनी प्रणालीको विकास र स्थानीय विपद् व्यवस्थापन योजनासम्बन्धी विषयमा सहजिकरण गरेका थिए ।

सहभागी वडा तथा समुदायका प्रतिनिधिहरूले आफ्ना असल अभ्यास र उत्कृष्ट उदाहरणहरू प्रस्तुत गर्दै आगामी दिनमा जोखिम न्यूनीकरण र चेतावनी प्रणालीलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता जनाएका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर