२०८२ कार्तिक २९ गते शनिवार / Nov 15 , 2025 , Saturday
२०८२ कार्तिक २९ गते शनिवार
Ads

‘शितगंगाको विकासमा सबै तहको सक्रिय भूमिका आवश्यक’

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ कार्तिक २९ गते २१:१८
Shares
‘शितगंगाको विकासमा सबै तहको सक्रिय भूमिका आवश्यक’

अर्घाखाँची : शितगंगा नगरपालिका प्रशासनद्वारा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सरुवा भइ आएका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीलाई स्वागत गरिएको छ ।

स्वागत कार्यक्रममा नगर प्रमुख छबिलाल पौडेल, उपप्रमुख गिता भाट, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, प्रशासकीय अधिकृत नुमलाल खनाल, कर्मचारी तथा जनप्रतिनिधिहरू सहभागी थिए । सहभागीहरूले प्रजिअ सुवेदीलाई पुष्पगुच्छा र खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख छबिलाल पौडेलले नगरपालिकाले शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा संकटको समयमा प्रशासन, प्रहरी र सम्बन्धित संघ–संस्थासँग समन्वय र सहकार्य गर्दै काम गरिरहेको बताए । उनले वडागत तहबाटै सामान्य विवाद समाधान हुने काम भइरहेको र संघ तथा प्रदेशसँगको सहकार्यमा नगरपालिकाले आफ्ना गतिविधि अगाडि बढाइरहेको पनि सुनाए ।

प्रजिअ सुवेदीले अर्घाखाँचीमा काम गर्न पाउनुमा गौरवान्वित महसुस गर्दै शितगंगाको सुशासन र सेवा प्रवाह व्यवस्थित र नमुना भएको सुनेको बताए । उनले भने, ‘शितगंगाको विकासमा सबै तहका सरकारहरूको सक्रिय भूमिका आवश्यक छ । स्थानीय तह जनताको नजिकको सरकार भएकाले यसलाई सक्षम र अधिकारसम्पन्न बनाउनु पर्छ ।’

उनले स्थानीय तहलाई स्वायत्ततापूर्वक काम गर्न दिँदा चोरि–निकासी, काठ व्यवस्थापन जस्ता विषयहरू प्रभावकारी रूपमा संचालन गर्न सकिने बताए । साथै, अर्घाखाँचीमा शान्ति सुरक्षा कायम राख्ने र सांस्कृतिक सम्पदाहरूको सुरक्षा गर्ने विषयमा कुनै सम्झौता नहुने पनि प्रजिअ सुवेदीले स्पष्ट पारे ।

ADV

सम्बन्धित खबर