२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

कविता : एकबार जिन्दगी

shivam cement
गीता त्रिपाठी
२०८२ मंसिर ६ गते ०६:००
Shares
कविता : एकबार जिन्दगी

संघर्ष त के हो र
एकबार जिउनु न हो
समयसँगै आयो, हँसायो
सपनाझैं छरपस्ट । 

आज दौडिरहेको छ
भोलि विश्राम हुन्छ
आज पढ्दै छु
भोलि थचक्क हुनु छ । 

बैंस, जवानी, जिम्मेवारी सबै 
चटक्क छोडेर जानुपर्ने
साँचो साथी त
घाट पो रहेछ । 

संघर्षमै 
कसैले महल ठड्याउँछन्
कसैले सम्झनामा मित्रता 
तर अन्त्यमा सबै 
शून्यतामै हराउँछन् । 

अन्ततः
न त संघर्ष बलियो रहिरहन्छ
न त उमेरले साथ नै दिन्छ
न त जवानी नै फर्केर आइदिन्छ
न त भौतिकता नै रहन्छ

जे रहन्छ
स्मृतिका पानामा जीवनका संघर्ष मात्र
र त्यो क्षणिक जीवनलाई
बाँधेर राख्ने
एकबारको संघर्ष । 

ADV

सम्बन्धित खबर