२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

डेंगुका बिरामी बढेपछि अस्पतालमा शय्या अभाव

ADV
मध्यान्ह
२०८१ साउन १० गते १२:४९
डेंगुका बिरामी बढेपछि अस्पतालमा शय्या अभाव

संखुवासभा : यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगुका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो ।

साउनयता भाइरल ज्वरो र डेंगुका बिरामीको संख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए । उनले भने, “शय्या नहुँदा अहिले बिरामीलाई भुईमा राखेर उपचार गरिरहेको छौँ ।”

जिल्ला अस्पतालमा ज्वरोका बिरामीको संख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्वरो, डेंगु र स्क्रब टाइफसका भेटिएका सूचना अधिकारी खत्रीले बताए । उनका अनुसार वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेंगुका २७ जना बिरामी भेटिएका छन् ।

गत आर्थिक वर्षमा एक हजार एक सय ४४ जनामा डेंगु, पाँच सय २० जनामा स्क्रब टाइफसको संक्रमण देखिएको थियो । भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन् ।

भाइरल ज्वरोले संखुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको संख्या वुद्धि हुँदै गएको छ । यो वर्ष जिल्लामा भाइरल ज्वरोको संक्रमण अत्यधिक बढेको अस्पतालका सूचना अधिकारी खत्रीले बताए ।

विसं २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शय्यामा सञ्चालित छ । जिल्लाका १० स्थानीय तहकाका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल संखुवासभा उपचारका लागि आउने गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise