
काठमाडौं : पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक लोकार्पण हुने भएको छ । पुस्तकको लोकार्पण राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले गर्नेछन् ।
शुक्रबार दिउँसो १२ बजे अनामनगरस्थित संवाद डबलीमा लोकार्पण गरिने शर्माले बताए । पुस्तक विमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, पत्रकार महेश्वर दाहाल र किशोर नेपाल लगायतका वक्ताले पुस्तकबारे टिप्पणी गर्नेछन् ।
लेखक शर्माले तत्कालीन माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र संघर्ष, द्वन्द्व र जोखिमपूर्ण अवस्थाबाट समाचार संकलन गर्ने पत्रकारहरूको भूमिकाबारे पुस्तकमा विस्तृत चर्चा गरेका छन् । हालैका वर्षहरूमा द्वन्द्व पत्रकारितासम्बन्धी अध्ययनमा आधारित पुस्तकलाई महत्त्वका साथ अध्ययन गरिन्छ ।
‘युद्ध पत्रकारिता’ शर्माको दोस्रो पुस्तक हो । यसअघि उनको ‘जुनीदेखि पिलीसम्म’ प्रकाशित छ ।