२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

डा. पौड्याल ‘मण्डने’को पुस्तकको लोकार्पण 

shivam cement
२०८२ मंसिर २० गते २०:३७
Shares
डा. पौड्याल ‘मण्डने’को पुस्तकको लोकार्पण 

काठमाडौं : प्रज्ञा भवनको लेखनाथ कक्षमा उमाकान्त पौडेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा डा.गोपाल पौड्याल ‘मण्डने’द्वारा लिखित हाउ टु विकम द बेस्ट एम्बेस्डर पुस्तकको लोकार्पण गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथिको आसनग्रहण वरिष्ठ साहित्यकार डा.तुल्सी भट्टराईले गरेका थिए । पूर्वजर्नेल तथा शोधकर्ता डा.प्रेमसिंह बस्न्यातले लेखकको व्यक्तित्व र साहित्यिक क्षमताबारे प्रकाश पारे । बेलायतस्थित नेपाली साहित्य विकास परिषद् युकेका संस्थापक तथा वरिष्ठ साहित्यकार सुरेशजङ शाहले पुस्तकले नेपाली राजदूतहरूलाई अझ परिष्कृत हुन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । 

मुख्य वक्ताका रूपमा काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा.उद्धव प्याकुरेलले पुस्तकको योगदान र नेपाली कूटनीतिमा यसको प्रभावबारे चर्चा गर्दै लेखकलाई बधाई दिएका थिए । पुस्तक अक्षरमार्ग प्रकाशन, पनौतीले प्रकाशन गरेको हो । प्रकाशकका प्रतिनिधि सूर्यप्रसाद लाकोजुले पुस्तक प्रकाशन गर्न पाउनु गौरवको विषय भएको बताए । 

लेखक डा.पौड्यालले आफू कवि भए पनि यो पुस्तक किन लेखिएको हो भन्ने व्याख्या गर्दै अध्यायहरूको सार प्रस्तुत गरेका थिए । प्रतिष्ठानका महासचिव रामप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । सभापति कश्यप पौडेलले लेखकको बाल्यकालदेखि रहेको लेखन अभिरुचिले आफू र भाइहरूलाई पनि साहित्यमा प्रेरित गरेको उल्लेख गर्दै कार्यक्रम समापन गरेका थिए । 

कार्यक्रममा पत्रकार, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो ।

सम्बन्धित खबर