२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

रुरुक्षेत्र गाउँपालिकाको वार्षिक समीक्षा

ADV
सुमन महतरा
२०८१ साउन ११ गते २१:३३
रुरुक्षेत्र गाउँपालिकाको वार्षिक समीक्षा

गुल्मी : गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको समीक्षा सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको सभाहल घ्यूवेशिमा एक वर्षमा गाउँपालिका मातहत रहेका वडा कार्यालय, स्वास्थ्य चौकी र गाउँपालिका मातहत रहेर गर्ने काम अनि निकायहरुले प्रदान गर्ने सेवाहरुको विषयमा  समीक्षा गरिएको हो । 

गाउँपालिकालाई नागरिकको अमूल्य साथ र सहयोग गरेका कारण यो वर्ष जिल्लामा सबैभन्दा बढी बजेट खर्च गरेर समेत जिल्लामै पहिलो बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । 

उनले भने, ‘हामी नागरिकको सहयोगमा जुनसुकै तबरबाट पनि लागेका छौं । हामीले गरेका कामको सुझाव सल्लाह र प्रतिक्रिया मागेका छौं । बजेट निर्माणमा मात्र होनइ्, हरेक समय नागरिकको अमूल्य सुझाव र सल्लाह हुनुपर्छ । त्यस्तो भयो भने नागरिक र गाउँपालिका मातहतका कार्यालयबीच सुमधुर सम्बन्ध बन्ने र कामहरु प्रभावकारी हुनेछ ।’

गाउँपालिकाका विभिन्न निकायबाट प्रवाह हुने सेवा राम्रो रहेको र झनै राम्रो बनाउनका लागि सबै लाग्न गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सबैसँग आग्रह गरे । 

‘हामी प्रचारप्रसार भन्दा पनि परिणाम निकालेर नागरिकले महसुस हुने गरी काम गर्ने छौं र गरेका छौं ’ उनले भने । गाउँपालिका मातहतबाट उपलब्ध हुने सेवाहरु नागरिकले महसुस हुने गरी उपलब्ध गराउन उनले सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिलाई  आग्रह गरे । 

कार्यक्रममा पूर्व सांसद कमलराज श्रेष्ठले गाउँपालिकामा नागरिकमैत्री  काम भएको र सहि कामहरु गर्न उनले सबैलाई अनुरोध गरे । स्थानीय सरकारप्रति नागरिकको अपेक्षा धेरै हुन्छन्, नागरिकको आधारभूत आवश्यकतालाई समेत समेटेर काम गर्न उनले गाउँपालिकालाई आग्रह गरे ।

साथै कार्यक्रममा गाउँपालिकाले उत्कृष्ट कर्मचारी सम्मान गरेको छ । राजस्व शाखा प्रमुख हरि प्रसाद न्यौपानेलाई यो वर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो । कार्यक्रममा ०८१/०८२ को  कार्य सम्झौता करार सम्झौता समेत गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise