२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लायन्स क्लब र लियो क्लब नेपालयको आयोजनामा मधुमेह परीक्षण कार्यक्रम सम्पन्न

ADV
मध्यान्ह
२०८१ साउन १२ गते १७:०७
लायन्स क्लब र लियो क्लब नेपालयको आयोजनामा मधुमेह परीक्षण कार्यक्रम सम्पन्न

काठमाडौं : लायन्स क्लब अफ काठमाडौं नेपालय र लियो क्लब अफ काठमाडौं नेपालयको संयुक्त आयोजनामा मधुमेह परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंको टोखा नगरपालिका वडा नं ३ भूतखेलमा शनिबार करिब १२० जनाको मधुमेह र रक्तचाप परीक्षण गरिएको छ । हिलिङ काठमाडौं एण्ड डाइग्नो टेक सपोर्ट प्रा.लि.को सञ्चालनमा भएको उक्त परीक्षण कार्यक्रममा भूतखेल जुम्बा योग परिवारको सहयोग रहेको थियो । 

भूतखेल जुम्वा–योग परिवारले स्वास्थ्यलाई मध्यनजर गर्दे आगामी दिनमा पनि यस्तै किसिमका स्वास्थ्य शिविर तथा वातवरणसम्बन्धी कार्यक्रम मासिकरूपमा सञ्चालनमा ल्याउने लायन्स क्लब अफ काठमाडौं नेपालयका अध्यक्ष सपना पौड्याल र सचिव  भुवन श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।

कायक्रममा रिजन चेयरपर्सन उपेन्द्र कुमार पौडेल, जोन चेयरपर्सन सहर्ष पौडेल, लियो गभर्नर अभय थापा, क्लबका पीभीएसटी टिम तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise