२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

ठगी गर्ने प्रयास गरेको आरोपमा एक भारतीय पक्राउ

shivam cement
शहबाज खान
२०८२ पुष ५ गते १९:३४
Shares
ठगी गर्ने प्रयास गरेको आरोपमा एक भारतीय पक्राउ

कपिलवस्तु : सुन, चाँदी र पित्तलका गरगहना सफा गर्ने बहानामा ठगी गर्ने प्रयास गरेको आरोपमा भारतीय एक नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ का स्थानीय बासिन्दालाई ठगी प्रयास गर्ने भारत विहारका २० वर्षीय सनी सोनीलाई प्रहरीले पक्राउ गरेको हो । 

सोनी बिहीबार दिउँसो करिब ४ बजे ठगीको गतिविधि गर्दै गरेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

पक्राउ परेका सोनीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित खबर