२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

दार्चुलामा जिप दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

shivam cement
२०८२ पुष ६ गते ०८:५५
Shares
दार्चुलामा जिप दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

दार्चुला : मार्मा गाउँपालिका-३ भसेमा  जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार आज राति ९:०० बजे  लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१००१च २६०४ नम्बरको जिप भैसे भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी मार्मा गाउँपालिका-६ का केशवराज जोशीको मृत्यु भएको छ भने सोही जिपका चालक माधव महरा घाइते भएका छन् ।

घाइते महरालाई उपचारका लागि लटिनाथ स्वास्थ्य चौकी  पठाइएको छ ।  चालकसहित दुई जना मात्र सवार जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

सम्बन्धित खबर