२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

पश्चिमी वायुको आंशिक प्रभाव कायम : कस्तो रहला आगामी तीन दिनको मौसम

shivam cement
२०८२ पुष ६ गते १४:४२
Shares
पश्चिमी वायुको आंशिक प्रभाव कायम : कस्तो रहला आगामी तीन दिनको मौसम

काठमाडौं : देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहे पनि तराई भू–भाग तथा उपत्यकामा हुस्सु/कुहिरो लागेको छ ।

तराई क्षेत्रमा तापक्रम हल्का घट्ने सम्भावना देखिएको छ । हुस्सु/कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने महाशाखाले चेतावनी दिएको छ ।

आगामी २४ घण्टामा दिउँसो र राति दुवै समयमा देशभर आंशिक बदली रहनेछ । साथै तराई भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना कायमै रहने अनुमान गरिएको छ ।

पुष ०७ गते सोमबार दिउँसो देशभर आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा हुस्सु/कुहिरो देखिन सक्नेछ । राति कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यसैगरी पुष ०८ गते मंगलबार दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । तर तराई भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहने महाशाखाले जनाएको छ । राति भने देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

मौसमको यस्तो अवस्थालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

सम्बन्धित खबर