
काठमाडौं : सहकारी ठगी प्रकरणमा थुनामा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी धरौटीमा रिहा भएका छन् ।
उच्च अदालत बुटवलको आदेशअनुसार रूपन्देही जिल्ला अदालतले धरौटी माग गरेपछि उनी थुनामुक्त भएका हुन् ।
सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध अभियोगमा जोशी थुनामा थिए ।
यसअघि सोही प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पुस ३ गते उच्च अदालतको आदेशमा रिहा भइसकेका छन् ।