२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

'विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई मजबुत बनाउन सरकार प्रतिबद्ध'

shivam cement
२०८२ पुष ७ गते १२:०३
Shares
'विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई मजबुत बनाउन सरकार प्रतिबद्ध'

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी चौथो राष्ट्रिय संवाद उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रुपान्तरणको यात्रा सुरु गरिसकेको गृहमन्त्री अर्यालको भनाइ छ ।

उनकाअनुसार पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली हुनुपर्छ । पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन पूर्वसूचना जारी भएपछि तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना र पहिला नै व्यवस्थित गरिएको स्रोत साधन अनिवार्य रहेको उनले उल्लेख गरे । 

गृहमन्त्री अर्यालले नेपाल बहुप्रकोपिय विपद् जोखिमको हिसावले संवेदनशील मुलुक भएको बताउँदै बाढी, पहिरो, खडेरी, आगलागी, चट्याङ, तातो हावाको लहर, अत्याधिक गर्मी, शितलहर, महामारी जस्ता जल तथा मौसमजन्य प्रकोपहरुले नेपालमा हुने कूल विपद्को ठुलो हिस्सा ओगटेको बताए ।

जलवायु परिवर्तनका कारण यस्ता जोखिमहरु अझ अनिश्चित, तिब्र र बारम्बार देखिन थालेको उनले बताए । उनले विपद्जन्य घटनाको कारण मुलुकले बर्सेनि जनधनको ठुलो क्षति व्यहोरिरहेको बताए ।

सम्बन्धित खबर