
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच पुस १५ गतेभित्र उच्चस्तरीय भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले पत्रमार्फत भेटवार्ता तय भएको जानकारी दिएका हुन् ।
सरकारले सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा वार्ता समिति गठन गरी संवाद जारी राखेको छ ।
साथै, तीनकुने घटनासम्बन्धी मुद्दा फिर्ता, सुकुमबासी र कवाड व्यवसायीको व्यवस्थापन, वित्तीय क्षेत्रका समस्या समाधान, राजसंस्था र प्रदेश खारेजीलगायत विषयमा जनमत संग्रह, तथा चिकित्सा शिक्षामा विद्यार्थी कोटा वृद्धि जस्ता पाँच बुँदे मागलाई प्राथमिकतामा राखेको जनाएको छ ।