२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

shivam cement
२०८२ पुष १० गते १२:०१
Shares
पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ : हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको संख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् ।

नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्डयन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए ।

 प्रमुख पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भएपनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने बताए । तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च एक सम्म पोखरा-जोमसोम उडान स्थगित गरेको बताए । त्यसैगरी समिट एयरलाइन्स कम्पनीले नियमित उडान दुई महिनाका लागि स्थगित गरेको जनाएको छ । 

हिउँदयाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि पोखरा-जोमसोम उडान प्रभावित हुने गर्छ । पछिल्लो समय बेनी-जोमसोम-कोरला सडक सहज हुँदै जान थालेपछि हवाई यात्रुको सङ्ख्या घट्दै जान थालेको छ ।  

ताजा खबर

सम्बन्धित खबर