२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

वालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफल - लेखनाथ दाहाल

Nada
२०८३ कार्तिक १० गते १८:१४
Shares
वालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफल - लेखनाथ दाहाल

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता लेखनाथ दाहालले वालेन्द्र साह नेतृत्वको सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफल भइसकेको टिप्पणी गरेका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

उनले बजेट कार्यान्वयन समेत प्रभावकारी रूपमा हुन नसकेको भन्दै सरकारको आलोचना गरे । सरकार गठन भएको आठ महिनासम्म समेत भौतिक विकासका कुनैपनि ठेक्का प्रक्रिया अगाडि नबढेको उनको भनाइ छ । उनले अर्थमन्त्री स्वर्णिम वाग्लेले खर्च व्यवस्थापन र  बजेट कार्यान्वयनमा ध्यान दिन नसकेको आरोप समेत लगाए । वाग्ले कानुनतः नेपालको अर्थमन्त्री भए पनि वल्र्ड बैंक र युएनडिपीको जागिरे भएको आरोप लगाए । विश्व बैंकबाट ऋण लिएर फजुल खर्च कसरी गर्ने भन्ने कुरामा मात्र अर्थमन्त्री केन्द्रित रहेको उहाँको आरोप छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध र विगतका विवादबारे दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाए । उनले सरकारका प्रतिनिधि र सत्तारुढ दलका नेताहरुले भारतलाई लिएर दिएका अभिव्यक्तिले मुलुकको स्वाभिमानमा गम्भीर चोट पुर्‍याएको पनि बताए ।

उनले भने, ‘डा. स्वर्णिम वाग्ले कानुनतः हाम्रो अर्थमन्त्री भए पनि उहाँको वल्र्ड बैंक र यूएनडीपीको जागिरे हो । त्यहाँबाट कसरी पैसा ल्याउने र फजुल खर्च गर्ने, बालेन्द्र जीको २७ जना सचिवालय पाल्ने, ठगहरूलाई सिंहदरबारभित्र छिराएर फजुल खर्च बढाएर हामीलाई ऋणको भारी बोकाउने बाहेक अरु केही काम भएको छैन । सरकार गठनको ८ महिनामा बजेट निर्माण र कार्यान्वयनमा समेत त्यस्तै छ । कुनै पनि ठेक्का प्रक्रिया अगाडि बढेका छैनन् । राष्ट्रियतासँग सम्बन्धी समेत आज प्रश्न उठेको छ । राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा बालेन सरकार पूर्णतः असफल छ । राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थागत धारणासँग म जोड्न चाहन्छु । जतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिजी दिल्ली जानुभयो, उहाँले भारत र नेपालको सम्बन्धको सन्दर्भमा हामी पछाडि फर्किन चाहँदैनौँ, पहिलेका विवादहरूको बारेमा कुरा उठाउन चाहँदैनौँ भन्नुभयो । यो गम्भीर प्रश्न हो । बालेनजीले सार्वभौमसत्ता सम्पन्न संसद्कै रोस्टमबाट नेपालले भारतीय जमिन मिचेको रहेछ भन्नुभयो । उहाँले निजी टेलिभिजन शोमा गएर नेपालको राष्ट्रियताको बारेमा प्रश्न उठाउन मिल्छ ? उहाँले आफ्नो मर्यादा बिर्सिनुभयो ।’

उनले सरकारले बाढी प्रभावित नागरिकको पुन:स्थापनामा ध्यान दिनुपर्नेमा जोड दिए । 

ताजा खबर

सम्बन्धित खबर