२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

अर्घाखाँचीमा जनयुद्धकालीन हातहतियार फेला

विप्लव सम्बद्ध कृषि फार्ममा सुरक्षाकर्मीको छापा

shivam cement
शहबाज खान
२०८२ पुष ११ गते २१:४२
Shares
अर्घाखाँचीमा जनयुद्धकालीन हातहतियार फेला

कपिलवस्तु : अर्घाखाँचीको शितगंगा नगरपालिका–११ बोक्से क्षेत्रमा रहेको नेकपा (विप्लव) समूहसँग सम्बन्धित केन्द्रीय कृषि फार्ममा सुरक्षाकर्मीले छापा मार्दा जनयुद्धकालका हातहतियार तथा विस्फोटक सामग्री बरामद गरिएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी नायब उपरीक्षक दिवश जिसीको कमाण्डमा खटिएको ३१ जनाको टोली र वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तुबाट प्रहरी निरीक्षक आदर्श गिरीको नेतृत्वमा खटिएको १८ जनाको टोलीसहित करिब ५० जनाको संयुक्त सुरक्षाकर्मी टोलीले फार्ममा खानतलासी गरेको थियो । 

सो क्रममा १४ थान ग्रिनेड, २ थान भरुवा बन्दुकका नाल, १ थान प्रेसर कुकर बम, ४० एमएम लन्चरमा प्रयोग हुने ३ थान रकेट तथा १ थान बाल्टिन बम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

बरामद विस्फोटक सामग्रीबारे जानकारी प्राप्त भएपछि गोरुसिंगेस्थित शमशेर गणबाट क्याप्टेन खेमराज विश्वकर्माको नेतृत्वमा खटिएको १० सदस्यीय नेपाली सेनाको बम डिस्पोजल टोलीले ती सामग्री सुरक्षित रूपमा नष्ट गरेको स्रोतले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

यता नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले शितगंगा–११ मा भएको प्रहरी छापाप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीका प्रवक्ता प्रकाण्डा सी.ले प्रेस वक्तव्य जारी गर्दै आपत्ति जनाएका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीद्वारा पार्टीको उत्पादन केन्द्र र सर्वसाधारण जनताका घरमा  पार्टीले राज्यको यो दमनकारी कदमको घोर भत्र्सना गर्दै छापामारीले देशको शान्तिपूर्ण वातावरणमा बाधा पुर्‍याएको टिप्पणी गरेको छ । 

वक्तव्यमा भनिएको छ, ‘सरकारले एकातिर शान्तिपूर्ण चुनावको वातावरण बनाउने प्रचार गर्ने अर्कोतिर माओवादीका केन्द्र र सर्वसाधारणका घरमा छापा मार्ने कार्यले देखाउँछ कि राज्य देशलाई अशान्तितिर धकेल्न चाहन्छ ।’

ताजा खबर

सम्बन्धित खबर