२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

मधुवनमा वन संरक्षण र मानव–वन्यजन्तु सहअस्तित्वबारे संरक्षण संवाद 

shivam cement
सन्तोष पौडेल
२०८२ पुष १२ गते १६:१७
Shares
मधुवनमा वन संरक्षण र मानव–वन्यजन्तु सहअस्तित्वबारे संरक्षण संवाद 

‎बर्दिया : बर्दियाको मधुवन नगरपालिकाका जनप्रतिनिधीहरूसँग वन संरक्षण, मानव–वन्यजन्तु सहअस्तित्व तथा जोखिम न्यूनीकरणका विषयमा केन्द्रित संरक्षण संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

‎मधुवन नगरपालिका र तराई भूपरिधि संरक्षण कार्यक्रम, कोहलपुर (बाँके) को सहयोगमा डिभिजन वन कार्यालय बर्दिया तथा बर्दिया राष्ट्रिय निकुञ्जको समन्वय र सहकार्यमा खाता सामुदायिक वन समन्वय समितिले कार्यक्रमको आयोजना गरेको हो ।

‎सामुदायिक होमस्टे, डल्लामा आयोजित कार्यक्रममा वन सम्बर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन, वन्यजन्तु क्षतिबाट प्रभावित समुदायका लागि उपलब्ध राहत वितरण प्रक्रिया तथा मानव–वन्यजन्तु सहअस्तित्वलाई थप सुदृढ बनाउने उपायबारे सहभागीहरूलाई विस्तृत जानकारी गराइएको थियो ।

‎कार्यक्रममा हात्तीको व्यवहार र पारिस्थितिकी, वाघ तथा चितुवाको व्यवहारिक बानी र पारिस्थितिक भूमिकाबारे विज्ञद्वारा सहजीकरण गरिएको थियो । साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि अपनाउनुपर्ने सुरक्षा उपाय, बीमा प्रणालीको भूमिका तथा वन्यजन्तु संरक्षणसँगै मानव सुरक्षाको सुनिश्चितता कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो ।

‎संवाद कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, मधुवन नगरपालिकाका जनप्रतिनिधीहरू, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख, सामुदायिक वन उपभोक्ता समूह तथा सामुदायिक वनसँग आबद्ध विभिन्न उपसमितिका प्रतिनिधीहरू र संरक्षणकर्मीहरूको  सहभागिता रहेको थियो ।

‎सहभागीहरूले संरक्षण र विकासलाई सँगसँगै अघि बढाउँदै स्थानीय तहको नेतृत्वमा सहअस्तित्वमैत्री नीति तथा व्यवहार अपनाउनु अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् । कार्यक्रमले सरोकारवाला निकायहरूबीच आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

सम्बन्धित खबर