
काठमाडौं : 'मलिलो माटो' र 'उनले छाडेको उज्यालो' पुस्कककी लेखक सपना आचार्यलाई पित्तृशोक परेको छ । उनका ६३ वर्षीय बुबा कृष्णलाल आचार्यको बुधबार बिहान निधन भएको हो । उनले गत वर्ष आमा गुमाएकी थिइन् ।
आमाको वार्षिकीको अघिल्लो दिन बुबालाई हृदयघात भएको थियो । वार्षिकीको दिन ७ पुसमा अस्पतालकै शैयामा उनले बुबाबाट नयाँ पुस्तक विमोचन गराएकी थिइन् । आचार्य अहिले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी छिन् । आफू दुःखमा पर्दा शुभचिन्तक र पाठकले दिएको सहानुभूति र शुभेच्छाप्रति उनले कृतज्ञता प्रकट गरेकी छिन् ।