२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भुक्तानीको २३ दिनमै भत्कियो ग्याबिन, स्थानीय आक्रोशित

ADV
ओबराज शाही
२०८१ साउन १४ गते १९:५६
भुक्तानीको २३ दिनमै भत्कियो ग्याबिन, स्थानीय आक्रोशित

हुम्ला : भुक्तानी भएको २३ दिनमै ग्याबिन भत्किएपछि स्थानीयबासी आक्रोशित बनेका छन् । दुई वटा योजनामार्फत गाउँकै उच्च जोखिम क्षेत्रमा ग्याबिन लगाइएपनि २३ दिमै भत्किएको हो । 

योजनाको पूर्ण तयारी र योजना स्टमेट अनुसार छ या छैन् भन्ने कुरामा ध्यान नदिएर वडाले भुक्तानी सिफारिस दिँदा यो अवस्था आएको स्थानीयले बताएका छन् । 

त्यस्तै स्थानीय सरकारबाट अनुगमन गर्दा हरेक कुरा नहेरेर आलटाल गरेको हुँदा हुम्लाको सिमकोट गाउँपालिका वडा ७ डाडाँफया धाराबारीका तलमाथिका घर  उच्च जोखिम  मोल्दै  आएका छन् । वडा ७ डाडाँफयाको चोखेढुंगा बाटोमाथिको भागमा  गाउँबासीले  माटो निकासी गरेर त्यसमाथिका घरहरु उच्च जोखिम बन्दै गएपछि माटो निकासी गर्न रोक लगाएको थियो ।  उक्त स्थानका घर उच्च जोखिम भएपछि सिमकोट गाउँपालिकाद्वारा सञ्चालित लिप्स कार्यक्रमबाट २२  लाख ५० हजार रुपैयाँको ग्याबिन लगाउने योजना दिइएको थियो । 

उक्त योजना सम्पन्न नहुँदै ९ लाख ८३ हजार ५ सय ७८ रुपैयाँको बजेट पुनः उक्त स्थानमै ग्याबिन लगाउने काम शुरु भयो । 

करिब एक महिना लगाएर काम सम्पन्न गरेर वडादेखि स्थानीयसम्मका जनप्रतिनिधिले अनुगमन गरी, लिप्स र गाउँपालिकाका इन्जिनियरले काम राम्रो भएको भनेर  भक्तानी गरिएको हो । तर पावर  पहुँच र भनसुनको आधारमा भुक्तानी भएको स्थानीयले बताएका छन् । 

यता सिमकोट गाउँपालिका लेखा अधिकृत विशाल बोहराले दुई वटा योजनामा ९ लाख ८३ हजार ५ सय ८७ रुपैयाँमा १६ जनाले काम गरेको र गाउँपालिकाबाट एकमुस्ट उपभोक्ता  समितिको खातामा ३४ हजार भन्दामाथि र कामदारको खातामा ६० हजार देखि ७२ हजारसम्म भुक्तानी भएको बताए   । त्यस्तै  २२ लाख ५० हजार रुपैयाँ २३ जनाले काम सञ्चालन  गरेको, यसमा उपभोक्ताको खातामा  १७ हजार ५ सय ४४ रुपैयाँ र कामदारको खातामा  ६७ हजारदेखि ७५ हजार गाउँपालिकाले भुक्तानी गरिसकेको र भुक्तानी गएको असार महिनामा भएको उनले बताए  । 

उनले भने, ‘यो वर्षाका कारणले बाढी, पहिरो, भल र  पानीको बेगले  ग्याबिन जानू  स्वभाविक हो ।’

उक्त गाउँका एक स्थानीयका अनुसार ग्याबिन हावाले भत्काएको जस्तो देखिन्छ, न माथिबाट पहिरो नै आएको छ । न तलबाट भल पहिरो नै  गएको छ । उनले यो सोत प्रविधिक र अनुगमन टोलिको गल्ती भएको बताए । उच्च स्थानमा भएका घरलाई मात्र जोखिम नभएर तल्लो क्षेत्रका पाँच गाउँपालिकाका स्थानीयको चीनसँग जोडिएको सिमाना हिल्सा जाने मूल बाटो पनि पर्दछ । गाउँबासीको गाइबस्तुदेखि मेलापात गर्ने बाटो यहि नै हो । यो बाटोमा लगाएको ग्याबिनको यो अवस्था गरेर  के गर्नु पर्ने हो ?, त्यसमा स्थानीय सरकारको ध्यान जानुपर्ने स्थानीयको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise