२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

कांग्रेस सभापति देउवासँग भारतीय विदेशसचिव मिस्रीको शिष्टाचार भेट

shivam cement
२०८२ भदौ १ गते १७:२२
Shares
कांग्रेस सभापति देउवासँग भारतीय विदेशसचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका विदेशसचिवले देउवा निवास बुढानीलकण्ठ पुगेर उनलाई भेट गरेका हुन् ।

भेटमा पारस्परिक विश्वास, सद्‌भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित निकट र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा छलफल भएको देउवाले फेसबुकमार्फत जानकारी दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर