२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

‘गज्जबको पिरो’ अब ५० रुपैयाँमा

shivam cement
२०८२ भदौ १ गते २१:४७
Shares
‘गज्जबको पिरो’ अब ५० रुपैयाँमा

काठमाडौं : स्न्याक्स एन्ड नुडल्स कम्पनीले आइतबारदेखि १ सय २० ग्राम तौलको नयाँ तथा ठुलो प्याकेट गज्जबको पिरो चाउचाउ  ५० रुपैयाँमा बजारमा उपलब्ध गराएको छ ।

लामो समयदेखि आफ्ना विभिन्न ब्रान्डका उत्कृष्ट चाउचाउ उत्पादनमार्फत नेपाली तथा विदेशी बजारका उपभोक्तामाझ सेवा पु¥याउँदै आएको सिद्धि विनायक स्न्याक्स एन्ड नुडल्स प्रालिको उत्पादनमध्ये ‘गज्जबको पिरो’ चाउचाउ एक हो ।

यो चाउचाउ नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय बनेको कम्पनीले जनाएको छ । हालसम्म गज्जबको पिरो चाउचाउ प्रतिप्याकेट २० रुपैयाँमा उपलब्ध हुँदै आएको थियो ।

यस नयाँ प्याकेटमा उपभोक्ताले स्वादिष्ट कोरियन किम्ची स्वादका अतिरिक्त आनन्द लिन सक्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो उत्पादन अहिले बजारमा पाइने अन्य चाउचाउभन्दा अझ उत्कृष्ट, परिष्कृत र उपभोक्तामुखी छ ।

सम्बन्धित खबर