कुनै बेला दक्षिण एशियाकै उत्कृष्ट विमानस्थलको रुपमा चिनिएको नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले फेरी एकपटक काचुली फेर्दैछ । विमानस्थलको हरेक संरचना नेपालको संस्कृति र परम्परा झल्कने गरी ‘बुटिक’ बन्दैछ । करिब तीन वर्षदेखि विमानस्थलको निर्माण र स्तरोन्नतिको काम भइरहेको छ । यसैबीच विमानस्थलको नेतृत्व गर्न पुगेका छन् नेपालको हवाई क्षेत्रमा विमानस्थलको सरसफाइका लागि पहिलोपटक बजेट माग गर्ने र विमानस्थल सफाइको अभियान सञ्चालन गर्ने प्रशासक प्रतापबाबु तिवारी । विमानस्थल विज्ञको रुपमा नेपालको प्रशासन क्षेत्रमा परिचित तिवारीले कैयौं राम्रा काम गरेबापत राज्यबाट सुप्रबल जनसेवा श्री तृतियबाट सम्मानित पनि भएका छन् । नेपालगन्ज विमानस्थल प्रमुख र पोखरा विमानस्थल प्रमुख भएर आफ्नो क्षमता प्रदर्शन गर्दै आठ महिना अघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक बनेर आएपछि विमानस्थललाई बुटिक बनाउने अभियानले झनै तिब्रता पाएको छ । विमानस्थल प्रवेश गरेपछि नै बुटिक एयरपोर्टको आभास पाउन सकिने यो विमानस्थल साच्चै नै विश्वका अन्य विमानस्थलभन्दा फरक बन्दैछ । तर अहिले कोभिड महामारीका कारण उडानहरु प्रभावित हुँदा यो विमानस्थलको आम्दानी ७५ प्रतिशतले घटेको छ । आफ्नै आम्दानीबाट सञ्चालन हुनुपर्ने यो विमानस्थलको आम्दानी घटेपछि बजेटको व्यवस्थापनमा चुनौति देखिएको छ । विविध चुनौतिको बाबजुद विमानस्थलको सुधार अभियान कसरी सञ्चालन भइरहेको छ त ? प्रस्तुत छ यिनै विषयमा मध्यान्ह दैनिकका लागि चिरन्जीबी भट्टराईले महाप्रबन्धक तिवारीसँग गरेको कुराकानीको सम्पादित अंश :
नेपालमा कोभिडबाट सबैभन्दा धेरै प्रभावित हुनेमा विमानस्थल पनि रह्यो । अहिले सामान्य अवस्था हुँदै गएपछि विमानस्थलले नियमित उडान बढाएको छ । कसरी व्यवस्थापन गर्नुभएको छ ?
कोभिड शुरु हुनुभन्दा अगाडिको कुरा गर्दा आन्तरिक र बाह्य दुवैतर्फ करिब दैनिक साढे चार सय जति उडान गरेका थियौं । अन्तर्राष्ट्रिय तर्फ अवतरण र उडान गरी दैनिक एक सय उडान हुने गरेको थियो । तर कोभिड शुरुभएसँगै उडान पूर्ण रुपमा ठप्प भयो । केही चार्टर्ड उडान भएको थियो । त्यसैले वार्षिक १२ अर्ब आम्दानी गरेकोमा तीन अर्बमा खुम्चिनु पर्यो । पहिलो चरणको कोभिड पछि फेरी हामी नियमित हुँदै थियौं । तर फेरी दोस्रो चरणको कोभिडको कारण फेरी उडान प्रभावित भयो । तर निषेधाज्ञा खुलेपछि विस्तरै कतारको दोहा, टर्कीको इस्तनबुल र भारतको दिल्ली उडान गरेका थियौं । संक्रमणको दर घट्दै जाँदा हामी अहिले दैनिक ३० वटा जहाजको उडान र अवतरणको मुभमेन्ट गर्न सफल भएका छौं ।
आन्तरिक तर्फ पनि विस्तारै उडान गराएका छौं । शुरुवाती दिनमा उडान संख्या आधा गरेका थियौं । तर अहिले संक्रमणको दर घटेको र यात्रुको संख्या पनि बढेकाले दैनिक १ सय ७ उडान गर्न दिएका छौं । अब दशैँको लागि मध्यनजर गरेर समयको व्यवस्थापन गरी उडान थप गर्ने योजना बनाएका छौं । रातिको समयमा पनि उडान गर्न दिएर विमानस्थलमा भिडभाड हुन नदिने गरी काम गर्ने तयारी गरेका छौं ।
अहिले केही देशमा उडान हुन सकेको छैन । उडान भर्न नसकेको देशमा उडान नियमित गर्नका लागि कस्तो पहल भइराखेको छ ?
आन्तरिक तर्फ सुधारोन्मुख छ । अन्तर्राष्ट्रिय तर्फ पनि उडानहरुमा सुधार हुँदै गएको छ । तर पूर्णरुपमा सञ्चालन हुन बाह्य मुलुकका एयरपोर्टहरुले पनि उडान अनुमति दिनुपर्छ । अहिले सबै विदेशी एयरपोर्टले खोलेका छैनन् । जस्तै चीनमा अहिलेसम्म खोलेको छैन, सिंगापुर, कोरिया र मलेसियामा उताबाट ल्याउन पाउँछ र यहाँबाट लैजान पाउँदैन । त्यस्तै यात्रुमा अझै कन्फिडेन्स विकास भएको छैन । र हामीले उडान नियमित हुन नसकेका देशहरुमा नियमित उडान गर्न प्रयास गरिरहेका छौं । सम्बन्धित देशको नीतिमा भरपर्ने भएकोले पनि समस्या भएको छ ।
स्वास्थ्य मापदण्डलाई कसरी पालना गर्नुभएको छ ?
कोभिडसम्बन्धी मापदण्ड राम्रोसँग पालना गरिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड, विमानस्थलको आफ्नै मापदण्ड, एयरलायन्सको मापदण्ड सबै पालना भएको छ । भौतिक दुरी कायम गर्ने, मास्क लगाउने सबै किसिमका मापदण्ड राम्रोसँग पालना गराएका छौं ।
कोरोना शुरु हुँदाहुँदै विमानस्थललाई बुटिक बनाउने भनेर काम शुरु गरिएको थियो । अहिलेसम्म के–कस्ता कामहरु भएका छन् ?
बुटिकको अवधारणा जब ल्याइयो त्यसबेला तीनवटा प्याकेज राखिएको थियो । एउटा आन्तरिक टर्मिनलको पुनर्निर्माण, अन्तर्राष्ट्रिय टर्मिनलको पुनर्निर्माण र विमानस्थलको विस्तार तीनवटा प्याकेजमा काम गरिएको थियो । त्यसमा आन्तरिक तर्फ र अन्तर्राष्ट्रिय दुवैतर्फ फ्लोरिङ र सिलिङको काम सिद्धिएको छ । विस्तार गर्ने काम करिब ७० प्रतिशत जति सकिएको छ । विमानस्थललाई परम्परा झल्किने र आधुनिकता टल्किने गरी बुटिक बनाउने भन्ने हो । अहिले आधुनिकता त देखिएको छ अब परम्परा झल्किने काम गर्न बाँकी छ । यो वर्ष नेपालको परम्परा, संस्कृति झल्किने गरी काम गरिएको छ । अगाडिको फाउन्टीनलाई पनि बुटिकको स्टाइलमा निर्माण गर्न लागिएको छ । त्यस्तै अराइभलमा पनि अहिले बुटिककै हिसाबमा नयाँ अराइभल हल बनाइएको छ । त्यसमा परम्परागत आँखि भ्याल राखिएको छ । बुद्धको मुर्ति राखिएको छ । यसले बुद्ध नेपालमै जन्मिएको भन्ने शन्देश दिन्छ । विभिन्न आर्टहरु पनि राखिएको छ । पर्यटनको कुराहरु समेटने खालले अराइभल बनाइएको छ ।
विमानस्थललाई बुटिक बनाउँदै गर्दा केही नयाँ योजना पनि बनेका छन् कि ?
बुटिककै हिसाबले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनललाई निर्माण गर्ने भयौं । अवको नयाँ योजना के हो भने विमानस्थल निकै साँघुरो भइसकेको छ । अहिले विमानहरुको आवागमन कम भएको समयलाई सदुपयोग गरेर हामीले निर्माणको काम गर्नुपर्ने छ । त्यो पनि क्षमता विस्तारका लागि गर्नुपर्ने छ । अहिले विमानस्थलको सेवाको माग बढेको छ तर क्षमता बढेको छैन । 1xBet have a welcome offer that can see you receive up to €100 but you must use the 1xbet promo code for registration this bonus works as a 100% first deposit match promotion, so in order to grab the full €100 bonus, you’d need to deposit the full €100. There are also wagering conditions to think about before you make your first deposit too, as these sit at 5x right now.Even with the wagering restrictions in place, this is still a great new welcome offer to get started with. And speaking of the wagering conditions, they work a little differently than what you’ll see with alternative betting sites.
अब चेकइन एरिया, ब्यागेज लिने कस्टमको एरिया र डिपार्चरको एरिया पनि बढाउँदैछौं । यसै क्रममा जति विस्तार हुन्छ त्यसलाई बुटिक हिसाबले नै विस्तार गर्छौं ।
आन्तरिक तर्फपनि अराइभल साँघुरो रहेकोले नयाँ बनाउँदै छौं । डिपार्चर हल पनि विस्तार गर्दैछौं र अबको तीन चार महिनामा निर्माण सम्पन्न हुनेछ । त्यस्तै आन्तरिक तर्फको पार्किङ साधुरो भएकोले त्यसको पनि विस्तार गर्नेछौं ।
जुन योजनाअनुसार काम शुरु भएको छ यो आर्थिक वर्षमा ती सबै कामहरु सम्पन्न हुने सम्भावना कत्तिको छ ?
यो आर्थिक वर्षको दुई महिना सकिएको छ । अहिलेसम्म बजेट पास हुन सकेको छैन । मन्त्री नभएकोले बजेट रोकिएको छ । मन्त्री नहुँदा विमानस्थलको सञ्चालक समितिको बैठक बस्न सकेको छैन । हाम्रो बजेट बोर्डले पास गर्नुपर्ने हुन्छ । अब साउन र भदौ गइनैसक्यो । बजेट भएपछि टेन्डरमा गई सम्झौता गर्न प्रक्रियामा जाँदा लगभग अझै साढे दुई महिना लाग्छ । त्यसैले कतिपय कामहरु यो वर्ष सम्पन्न हुन्छ र केही कामहरु अर्काेवर्ष सम्म जान्छ ।
तपाईंले विमानस्थललाई बुटिक बनाउने र सँगसँगै क्षमता विस्तारको काम पनि गर्ने भन्नु भयो । तर जहाज पार्किङमा पनि समस्या छ भन्ने सुनिन्छ ? कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
हो यसपटक पार्किङ थपिएको छ । पहिला नौ वटा पार्किङ थियो भने अहिले दुई वटा थपिएर ११ वटा पुगेको छ । गएको वर्ष वाइडबडी जहाजको लागि पनि पार्किङ विस्तार भएको छ । रिमोट पार्किङ पनि दुई वर्ष अघि नै बनिसकेको छ । आन्तरिक तर्फ नचलेको जहाजहरु लगेर रिमोटमा राखिएको छ । त्यसले गर्दा आन्तरिक तर्फ जहाजको भिडभाड कम छ । त्यसैले अहिले पार्किङको क्षमता पनि बढेको छ । अहिले जहाज पार्किङमा कुनै समस्या छैन् । अब अहिलेको काम टर्मिनल र गाडि पार्किङको क्षमता विस्तार गर्नु हो । त्यसको क्षमता विकासमा हामीले काम गरिरहेका छौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप पर्दै गएको कुरा गर्नुभयो । दिर्घकालसम्मका लागि चाप न्यूनीकरण गर्न कस्तो योजना बनाउनुभएको छ ?
हो यो विमानस्थल साँघुरो भइसक्यो । मैले गरेको विस्तारको कुरा अल्टिमेट मात्रै हो । यहाँभन्दा बढी विस्तार गर्ने ठाउँ छैन । यसले अबको आठ÷दश वर्ष धान्ला । टर्मिनल पनि पुरानो छ । पुरानो भइसकेपछि विभिन्न समस्याहरु आउँछ । फेरी गुरुयोजनाअन्तर्गत नयाँ टर्मिनल भवन बनाउने योजना छ । यो अहिलेको आन्तरिक तर्फको अगाडि बनाउने भन्ने छ । अहिले भइरहेको आन्तरिकको टर्मिनल भत्काएर कुनै अर्को ठाउँमा सार्ने कुरा भइरहेको छ । अहिले निर्धारण भइसकेको छैन । ह्याङ्गर एरियाहरु जति सबै एयरपोर्ट पारिपट्टी जान्छ । अहिले आवागमन कम भएको बेलामा विस्तार गर्ने काम गर्दा फेरी सामान्य अवस्था आउँदा सहज होस भन्ने उद्देश्य राखिएको छ ।
विदेशी विमानस्थलहरुको तुलनामा नेपालको अवस्था निकै सामान्य देखिन्छ । नेपालको विमानस्थल बुटिक बनेपछि त्यस्ता विमानस्थलहरुसँग तुलना गर्न सकिन्छ ?
विदेशको पूर्वाधारमा हाम्रो पूर्वाधारलाई तुलना गर्न सक्दैनौं । त्यहाँको मोडल डिजाइन, विमानस्थलको आकार र त्यहाँ प्रयोग हुने सामग्रीलाई हामीले तुलना गर्न सक्दैनौं । हामीले नेपाली मौलिकता दिने हो । यो विमानस्थल जतिबेला बन्यो त्यतिबेला दक्षिण एशियाको पहिलो नम्बरमा थियो । पुरस्कार पनि पाएको थियो भन्ने सुनिन्छ । तर समय अनुसार हामीले यहाँ विकास गर्दै गएनौं । अन्य देशले त्यही अनुसार काम गर्दै गए तर हामीले गरेनौं र पछाडि पर्यौं ।
त्यस्तै अहिले अन्य एयरपोर्टको पूर्वाधार विकास योजना पनि छ । अहिले पनि दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल करिब-करिब सञ्चालनको तयारीमा रहेका छन् । भैरहवा र पोखराको काम भइरहेको छ । निजगढको पनि योजनामा छ । तर सोचेअनुसार भइराखेको छैन ।
हाम्रो फरक पन के हो भने हाम्रो सांस्कृतिक, भाषा, धर्म, संस्कृति दिएर बुटिक विमानस्थल बनाऔं भन्ने हो । केही फरक पन दिने भन्ने हो । आधुनिकता भन्नाले सफाई अर्थात टल्कने होस र अर्को मौलिकता देखिने खालको होस । हाम्रोमा इटा देखिन्छ यो आफैमा बुटिक हो । जब हामीले यसलाई धेरै तोडमोड गर्यौं तब बिग्रिदै गयो । अहिले फेरी हामीले पुरानै मोडलमा सुधार गर्न खोजिरहेका छौं ।
विमानस्थल बुटिक बनेपछि यसको सुन्दरता पक्कै पनि बढ्नेछ । तर यहाँका कर्मचारीको व्यवहार पनि यात्रुको लागि महत्वपूर्ण हुन्छ । त्यसका लागि विमानस्थल प्रशासनले के–कस्तो कार्यहरु गरिरहेको छ ?
एभिएसन क्षेत्रमा प्रविधिको विकास धेरै भइसक्यो । प्रयोगकर्ताहरु पनि त्यतिकै बढीसके । आन्तरिकमा हेर्नुहोस हिजो पर्यटक आउँदाखेरिको अवस्थाको मुभमेन्ट भए जस्तै अहिले पर्यटन नआउँदा पनि त्यतिकै मुभमेन्ट छ । हिजो हेलिकोप्टर नचढ्ने नेपालीहरु अहिले हेलिकोप्टर चार्टर्ड गर्न थालिसकेका छन् । भनेको एभिएसनप्रतिको विश्वास बढेको छ । त्यसमा पक्कैपनि यहाँ काम गर्ने कर्मचारीहरुले यात्रुप्रति गर्ने व्यवहारले पनि प्रभाव पारेको हुनुपर्छ । तरपनि हामीले व्यक्तित्व विकासमा धेरै नै काम गर्नेछौं ।
यस्तै बजारमा पनि धेरै जहाज आएका छन् । फेयर पनि सस्तो भएको छ । त्यसैले प्रयोगकर्ता पनि धेरै बढीसकेका छन् । आम मानिसहरुमा चासो पनि बढेको छ । धेरै मान्छेले एभिएसनले गरेको काममा प्रश्न उठाउने र मोनिटरिङ गर्ने काम भइरहेको छ । त्यसैले हामीले यात्रुको माग के हो भन्ने कुरा बुझेर त्यसैमा केन्द्रित भई काम गरिरहेका छौं । त्यहीअनुसार भोलिको दिनमा एयर ट्रान्सपोर्ट कसरी विकास गर्ने हो । त्योअनुसार योजना बनाउन हामी लागिपरेका छौं । यिनै कुराहरुलाई केन्द्रीत गरेर हामीले हाम्रो हवाई नीतिमा सुधार गर्नुपर्नेहुन्छ ।
अन्त्यमा, कोभिड महामारीका कारण उडानहरु ठप्प हुँदा विमानस्थलको आम्दानीमा असर परेको कुरा गर्नुभयो । यसले विमानस्थलको बजेटरी प्रणालीमा कस्तो असर पारेको छ ?
कोभिडको कारणले गर्दा एयर ट्राफिक घट्यो, यात्रुको मुभमेन्ट घट्यो र आम्दानी पनि घट्यो । आम्दानी नै घटेपछि हाम्रो विकास योजनाको जुन सोचाई थियो त्योअनुसार काम गर्न सकिएको छैन । कर्मचारीको तलब, भत्ता, सुविधादेखि लिएर सञ्चालन खर्च पनि सबै आफै गर्नुपर्छ । फेरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकरको ऋण सहयोग पनि आउँदैन । त्यसैले हामीलाई स्रोत नपुग्दो छ । समयसमयमा निषेधाज्ञा भइरहँदा कामले गति लिन सकेको छैन । काम भइराखे पनि लक्ष्यअनुसार हुन सकेको छैन ।
तस्वीर : प्रेम पाण्डे
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies