२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पिपरामा विद्युत प्रवाह चुहावट हुँदा दम्पतिको निधन

Nada
२०८२ भदौ १ गते १०:२७
Shares
पिपरामा विद्युत प्रवाह चुहावट हुँदा दम्पतिको निधन

सप्तरी : सप्तरीको कञ्चनरुप नगरपालिका–५स्थित पिपरामा  विद्युत प्रवाह चुहावट (करेन्ट) भएर आज विहान एक दम्पतिको निधन भएको छ ।

ncell

निधन हुनेमा  ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब  उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार  कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तार खुला (करेन्ट) छाडेका थिए । सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको हो । 
 
उनीहरु  आफ्नो घरदेखि करिब एक सय ५० मिटर पूर्वमा रहेको खेतमा जाँदै गरेका जनाइएको थियो ।  खेतमा जानेक्रममा क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर