२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

कपिलवस्तुमा सर्वपक्षीय बैठक : धार्मिक तथा साम्प्रदायिक तनाव रोक्न १० बुँदे प्रतिबद्धता

shivam cement
शहबाज खान
२०८२ पुष २२ गते २०:५७
Shares
कपिलवस्तुमा सर्वपक्षीय बैठक : धार्मिक तथा साम्प्रदायिक तनाव रोक्न १० बुँदे प्रतिबद्धता

कपिलवस्तु : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले सर्वदलीय÷सर्वपक्षीय समन्वय तथा सुझाव बैठक सम्पन्न गरेको छ । 

बैठकले हाल विकसित हुँदै गएका धार्मिक तथा साम्प्रदायिक संवेदनशील गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै १०बुँदे निर्णय तथा प्रतिबद्धता सार्वजनिक गरेको छ । 

बैठकले समाजमा द्वन्द्व सिर्जना गर्ने, घृणा फैलाउने, अफवाह तथा उत्तेजनात्मक सामग्री प्रचार–प्रसारण गर्ने गतिविधिमा कडाइ गर्ने निर्णय गरेको छ । सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत जातीय, धार्मिक र साम्प्रदायिक सद्भाव बिगार्ने कार्य गरे कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ ।

निर्णयअनुसार धार्मिक, सांस्कृतिक वा राजनीतिक कार्यक्रम सञ्चालन गर्नु अघि स्थानीय प्रशासनलाई अनिवार्य जानकारी गराउनुपर्नेछ । साथै संवेदनशील स्थानहरूमा सुरक्षा व्यवस्था मजबुत बनाइने र शान्ति भंग गर्न खोज्ने व्यक्ति वा समूहविरुद्ध तत्काल कारबाही गरिने उल्लेख छ ।

मानव अधिकार, शान्ति र सामाजिक एकताको पक्षमा क्रियाशील संघ–संस्था, स्थानीय तह, नागरिक समाज, महिला तथा युवा समूहसँग सहकार्य गर्दै समुदायस्तरमा संवाद र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

जिल्ला प्रशासनले सबै राजनीतिक दल, संघ–संस्था, सञ्चार माध्यम र आम नागरिकलाई संयमित, जिम्मेवार र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्दै कपिलवस्तुमा शान्ति, सद्भाव र आपसी विश्वास कायम राख्न सबैको सहकार्य आवश्यक रहेको स्पष्ट पारेको छ ।

सम्बन्धित खबर