२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एकैदिन तीन ठूला निर्णय : १८ राजदूत सिफारिस, २१ सचिव सरुवा, ३ प्रदेश प्रमुख फेरिए

ADV
शिव विक
२०८१ साउन १५ गते ०६:५०
एकैदिन तीन ठूला निर्णय : १८ राजदूत सिफारिस, २१ सचिव सरुवा, ३ प्रदेश प्रमुख फेरिए

काठमाडौं : सरकारले विभिन्न १८ देशका लागि नेपाली राजदूत नियुक्त गरेको छ । सत्ता समीकरण बदलिएपछि पूर्ववर्ती सरकारको सिफारिसमा परेका राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया नै अघि बढ्न सकेन । नयाँ सरकारले आफू अनुकुल नयाँ नाम सिफारिस गरेको हो । 

सोमबार बसको मन्त्रिपरिषद् बैठकले भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिएको छ । जसलाई पूर्ववर्ती पुष्पकमल दाहाल नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो । नयाँ सरकारले अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरेको छ । 

सरकारले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएको छ । श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ । माओवादी केन्द्र निकटका श्रेष्ठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राजदूत नियुक्त भएका थिए ।

नयाँ सरकार बनेपछि विगतमा सिफारिस भएका राजदूतलाई फिर्ता बोलाइएको हो । विगतमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट राजदूत भएकाहरूलाई नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले फिर्ता बोलाएको हो । 

सत्ता समीकरण बदलिएपछि पूर्ववर्ती सरकारको सिफारिसमा परेका कतिपय राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया नै अघि बढ्न सकेन । नयाँ सरकारले आफू अनुकुल नयाँ नाम सिफारिस गरेको हो ।  

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बेलायतका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा.नेत्र तिमल्सिनालाई राजदूतमा सिफारिस गरेको छ । 

पूर्ववर्ती सरकारले नियुक्त गरेका तीनवटा प्रदेशको प्रदेश प्रमुख पनि हेरफेर भएका छन् । बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर मन्त्रिपरिषद्को बैठकले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । 

बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएका छन् । 

यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । उनीहरु तीनै जनालाई प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले नियुक्त गरेको थियो ।

कांग्रेस र एमालेको नयाँ सरकार बनेपछि माओवादी, एकीकृत समाजवादी निकट रहेका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise