२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

निरेम सांगीतिक उत्सवमा राजु लामाको प्रस्तुति, झुमे दर्शक

shivam cement
राज मल्ल
२०८२ पुष २७ गते १३:३७
Shares
निरेम सांगीतिक उत्सवमा राजु लामाको प्रस्तुति, झुमे दर्शक

कुवेत : निरेम सांगीतिक उत्सव-२०२६ सम्पन्न भएको छ । कुवेतको जलिबस्थित एस्पायर इन्डियन स्कुलको सभा हलमा हजारौं नेपाली दर्शकको उपस्थितमा शुक्रबार सो उत्सव सम्पन्न भएको हो ।

No description available.

निरेमका अध्यक्ष प्रेमकुमार जिमीको सभापतित्व तथा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दूतावासका कर्मचारी, एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत, नेपाली राजनीति दलका वैदेशिक भ्रातृ संगठनका पदाधिकारी एवं प्रतिनिधि, नेपाली संघ संस्थाका पदाधिकारी प्रतिनिधि एवं समाजसेवी, वुद्धिजीवी, पत्रकार, कलाकार, व्यवसायी, खेलाडी एवं कुवेतलाई कर्मथलो बनाएर बस्ने संगीतप्रेमी दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली राजदूत लम्सालले परदेशमा पनि संगीतको माध्यमबाट मनोरञ्जन र ऊर्जा प्रदान गर्न सांगीतिक उत्सव आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले आफू रहेको देशको कानुन र संस्कृतिको पालना गर्न पनि आग्रह गरे ।

No description available.

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेका चर्चित गायक तथा भ्वाइस अफ नेपालका कोच राजु लामाको सांगीतिक प्रस्तुतिमा दर्शकको थामिनसक्नु भिड थियो । उनले आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नुका साथै कुवेतको चिसो माहोललाईसमेत तताएका थिए ।

No description available.

कार्यक्रममा नेप्टोन ब्याण्ड तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुतिमा समेत दर्शकहरू झुमेका थिए । दिपेन्द्र निरौलाले सञ्चालन गरेको कार्यक्रममा जयनारायण थारुले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम अल मुल्ला एक्सचेन्ज कुवेतको मुख्य प्रायोजन तथा स्थानीय व्यावसायिक संस्थाको प्रायोजनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर