२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सामान्य परिवारबाट उठेर कांग्रेस केन्द्रीय सदस्य बने भुसाल

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ माघ २ गते २२:११
Shares
सामान्य परिवारबाट उठेर कांग्रेस केन्द्रीय सदस्य बने भुसाल

अर्घाखाँची : सामान्य परिवारमा जन्मिएका नेपाली कांग्रेसका नेता कमलप्रसाद भुसाल नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेस कार्यकर्तामाझ लोकप्रिय र स्थापित नेताका रूपमा परिचित भुसाल अर्घाखाँची जिल्लाबाट लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका थिए ।

सन्धिखर्क नगरपालिका–२ कुरको एक सामान्य परिवारमा जन्मिएका भुसाल नेपाली कांग्रेस अर्घाखाँचीका पूर्वजिल्ला सभापति समेत रहेका छन् । साथै उनी नेपाल तरुणदलका पूर्वकेन्द्रीय उपाध्यक्षसमेत रहँदै पश्चिम क्षेत्रको संगठनात्मक कमान्ड सम्हालेका थिए । 

पार्टी संगठनप्रति निष्ठावान सिपाहीका रूपमा सक्रिय रहेका भुसाल १२औं महाधिवेशनमा अर्घाखाँची कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए । 

जनआन्दोलनका हरेक चरणमा सक्रिय भूमिका निर्वाह गर्नुभएका भुसाल आन्दोलनका क्रममा जेलनेलसमेत भोग्नुभएका अनुभवी नेता हुन् । कांग्रेसको १३औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि तयारी गरे पनि सहमतिको नाममा उम्मेदवारी नदिएको र १४औं महाधिवेशनमा समेत उम्मेदवारी नदिएको उनी निकट स्रोतले जनाएको छ ।

भुसाल सन्धिखर्क नगरपालिकाका संस्थापक नगरप्रमुखका रूपमा निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा प्रदेश सभा सदस्यका लागि उम्मेदवार बने पनि थोरै मतले पराजित भएका थिए । 

२०३३ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा सुरु गर्नुभएका भुसालले अर्घाखाँची जिल्लाका सबै वडामा संगठन विस्तार गर्दै कांग्रेसका विभिन्न विभागमा रहेर काम गर्दै आएका छन् । 

विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि कार्यकर्ताहरूले यसलाई संगठनप्रतिको लामो योगदानको कदरका रूपमा लिएका छन् । 

सम्बन्धित खबर