२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

१४औं पोखरा महोत्सव सम्पन्न

Nada
सुजन विश्वकर्मा
२०८२ माघ ११ गते २२:०७
Shares
१४औं पोखरा महोत्सव सम्पन्न

पोखरा : युवाको जागर राष्ट्र निर्माणको आधार भन्ने मूल नाराका साथै शिक्षा स्वास्थ्य खेलकुद र पर्यटनका लागि गत पुस २९ गतेदेखि आयोजना गरिएको १४औं पोखरा महोत्सव सकिएको छ । पुस २९ गतेदेखि माघ ११ गतेसम्म युनाइटेड क्लब पोखराले आयोजना गरेको १४औं संस्करणको पोखरा महोत्सव पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले समापन गरेका छन् । पोखराकै उत्कृष्ट महोत्सव पोखरा महोत्सवलाई रातो किताबमा राखेर महानगरले अगाडि बढाएको भन्दै मेयर आचार्यले समापन समारोहमा पोखरा महोत्सव एक पृथक् महोत्सव साथै पोखराको गौरव बोकेको महोत्सव रहेको बताएका थिए ।

ncell

महोत्सव आयोजनासँगै युनाइटेड क्लब पोखराले पोखरा २७ मा निर्माण गरिरहेको युनाइटेड छात्रावास निर्माणका लागि महानगरको तर्फबाट आवश्यक साथ सहयोग गरिने समेत मेयर आचार्यले प्रतिबद्धता व्यक्त गरेका छन् सँगसँगै महोत्सव आयोजना गरिगरिरहेको सामाजिक कार्यको उनले प्रशंसा गरेका थिए ।

त्यसैगरी, महोत्सवकै आयोजना गरी पोखरा २७ मा युनाइटेड क्लबले निर्माण गरिरहेको युनाइटेड छात्रावास निर्माणका लागि महानगरको तर्फबाट साथ र सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । युनाइटेड क्लबले महोत्सवको आयोजना गरिगरिरहेको सामाजिक कामको समेत मेयर आचार्यले प्रशंसा गरे । पोखरामा खुला चिडियाखाना निर्माणसँगै निर्माणाधीन युनाइटेड छात्रावासलगायत शिक्षा स्वास्थ्य क्षेत्रमा युनाइटेड क्लबले गरिरहेको कामको प्रसंशा गर्दै महोत्सवमा स्थानीय उत्पादनलाई महत्व दिएर आफ्ना पालिकाका कृषकलाई समेत सहभागी गराएकोमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले धन्यवाद व्यक्त गरेका थिए ।

No description available.

पोखरा महोत्सव १४औं संस्करणमा आइपुग्दा युनाइटेड क्लबले आयोजना गर्दै आएको पोखरा महोत्सवसँग ९औं संस्करणदेखि लगातार ६ वर्ष सहकार्य गर्न पाउँदा गर्व लागेको भन्दै महोत्सवको मुख्य प्रायोजक रवि एन्ड सन्नी इन्डस्ट्रीज प्रालिको उत्पादन बेटरका निर्देशक विनोद रौनियारले आगामी दिनमा पनि सँगै अगाडि बढ्ने बताएका छन् ।

१२ दिनसम्म सञ्चालित महोत्सव आयोजना गरिएको पहिलो दिनदेखि नै हरेक दिन दिउँसो ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुति राखिएको थियो भने राति पनि ख्याति प्राप्त कलाकारको लाइभ कन्सर्ट राखिएको थियो भने महोत्सवलाई २ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् साथै करिब ९ करोड बढीको कारोबार भएको व्यवसायीबाट जानकारी आएको महोत्सवका अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर