२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कैलालीको धनगढीमा निःशुल्क रगतको व्यवस्था

ADV
रासस
२०८१ साउन १६ गते १५:५७
कैलालीको धनगढीमा निःशुल्क रगतको व्यवस्था

कैलालीः कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास भएका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन् । धनगढी उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको हो ।

सम्झौताअनुसार उपमहानगरपालिकाभित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रेडक्रसबाट निःशुल्क रगत पाउने छन् । नगरवासीले प्रयोग गरेको रगतको मूल्य रेडक्रसलाई उपमहानगरपालिकाले तिर्ने सम्झौता भएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए । चालु आर्थिक वर्षका लागि उपमहानगर र रेडक्रस शाखाले निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ ।

नगरवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत तथा रगतजन्य पदार्थको सहज र निःशुल्क उपलब्धता गराउने नगरप्रमुख हमालले बताए । उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीलाई त्रैमासिक रुपमा रकम भुक्तानी गर्नेछ । बिरामीलाई रगत अभाव नहोस् भनेर उपमहानगरको विभिन्न स्थानमा रक्तदान शिविरसमेत सञ्चालन गरिने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर धनगढीमा बिरामीका लागि रगतको अभाव खड्किदै गएको थियो । उपमहानगर र रेडक्रस शाखा धनगढीबीच गरिएको उक्त सम्झौताले समय–सयममा हुने गरेको रगत अभाव जस्तो समस्याको समाधानमा मद्दत पुर्याउने छ । 

ADVADV

सम्बन्धित खबर

Advertise