२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

देशभर डेंगु

ADV
मुकुन्द लामिछाने
२०८१ साउन १७ गते ०६:३५
देशभर डेंगु

काठमाडौं : वर्षा नसकिँदै देशभर डेंगु फैलिएको छ । बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिले घरबारबीहिन भएका र सुरक्षित आवासमा रहन नसकेकाहरु डेंगुबाट प्रभावित हुन सक्ने खतरा बढेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका अनुसार देशभर दुई हजार जनाभन्दा बढीमा डेंगु रोगको संक्रमण देखा परेको छ ।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका दुई हजार ६१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन भएकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगुको संक्रमण थप बढ्न सक्ने अनुमान छ ।

वर्षा नसकिँदै देशभर डेंगु फेलिएको हो । बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिले घरबारबीहिन भएका र सुरक्षित आवासमा रहन नसकेकाहरु डेंगुबाट प्रभावित हुन सक्ने खतरा बढेको छ । 

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको संक्रमण फैलिएको जनाइएको छ । सबभन्दा बढी काठमाडौंमा दुई सय ४९ जनामा डेंगु देखिएको छ । झापामा एक सय ३० र चितवनमा एक सय पाँच जनामा संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकामा मात्रै तीन सय १६ जनामा डेंगुको संक्रमण देखिएको छ । काठमाडौंमा दुई सय ४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा देखिएको संक्रमण देखिएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise