२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कुवेतमा सुरक्षा सतर्कता उच्च, जनजीवन सामान्य बन्दै

shivam cement
राज मल्ल
२०८२ फागुन १८ गते १६:५७
Shares
कुवेतमा सुरक्षा सतर्कता उच्च, जनजीवन सामान्य बन्दै

कुवेत : मध्यपूर्वमा पछिल्ला दिनहरूमा विकसित घटनाक्रमका कारण कुवेतमा सुरक्षा सतर्कता उच्च बनाएको छ । इजरायल, अमेरिका र इरानबीचको युद्ध सुरु भएको तेस्रो दिनसम्म आइपुग्दा जनजीवन सामान्य रूपमा चलिरहेको भए पनि हवाई यातायातमा रोक जारी छ । कुवेत अन्तर्राष्ट्रिय विमानस्थल बन्द छ भने हवाई सुरक्षा प्रणाली पूर्ण रूपमा सक्रिय राखिएको छ ।

सुरक्षा निकायका अनुसार, पछिल्ला दिनमा आकाशमा देखिएका धेरै ड्रोनहरू निष्क्रिय पारिएका छन् । पहिलो दिन विमानस्थल नजिक ड्रोन आक्रमण प्रयास भएको थियो । ड्रोन खस्दा केही स्थानमा टुक्रा झरेर धुवाँ उठेको देखिन्थ्यो, जसले स्थानीय बासिन्दामा त्रास सिर्जना गरेको थियो ।

यस घटनाक्रममा एक जना आप्रवासी कामदारको ज्यान गएको छ भने ३५ भन्दा बढी व्यक्ति घाइते भएका छन् । घाइतेहरू अस्पतालमा उपचाररत छन् र धेरैको अवस्था सुधारोन्मुख रहेको सुरक्षा निकायले जनाएको छ ।

सुरक्षालाई ध्यानमा राख्दै कुवेतको गृह मन्त्रालयले समुद्रमा याट र मनोरञ्जन डुंगा सञ्चालनमा रोक लगाएको छ । साथै, क्याम्पिङ स्थलमा नजान, बाहिर भीडभाड हुने कार्यक्रम नगर्न र अनावश्यक रूपमा बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

यसैबीच, कुवेतस्थित नेपाली दूतावासले सबै नेपाली नागरिकलाई सतर्क रहन, अनावश्यक हिँडडुल नगर्न र आधिकारिक सूचना मात्रै पछ्याउन आग्रह गरेको छ । गैरवासीय नेपाली संघ (एनआरएनए) कतार तथा नेपाल पत्रकार महासंघ कुवेत शाखाले पनि नेपाली समुदायलाई सुरक्षित रहन, अफवाहमा नपर्न र आपसमा जानकारी साटासाट गर्न आग्रह गरेका छन् ।

कुवेत सरकारले सबै नागरिक र आप्रवासीलाई सजग रहन अनुरोध गर्दै अत्यावश्यक वस्तुको मूल्य एक महिनासम्म नबढाउन निर्देशन दिएको छ । निर्यात अस्थायी रूपमा रोकिएको छ भने सुरक्षा निकायहरूले हवाई र स्थल सुरक्षा प्रणाली सक्रिय राखेर अवस्थाको निरन्तर निगरानी गरिरहेका छन् ।

No description available.

सम्बन्धित खबर