२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एमालेमा नेताहरुको कार्यविभाजन, जिम्मेवारीमा व्यापक हेरफेर

ADV
दिवाकर अधिकारी
२०८१ साउन १८ गते ०६:५०
एमालेमा नेताहरुको कार्यविभाजन, जिम्मेवारीमा व्यापक हेरफेर

काठमाडौं : नेकपा एमालेले पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

पार्टीले सरकारको नेतृत्व लिएपछि बसेको सचिवालय बैठकले नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको हो । नेताहरूका अनुसार सरकारको काम कारबाही जनतामा पु¥याउने र जनतासँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यका साथ जिम्मेवारी तय गरिएको छ ।

कार्यविभाजन अनुसार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्नेछन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठान संयोजन, नीति तथा योजना सम्बद्ध विभागहरूको प्रमुखको जिम्मेवारी पाएका छन् ।

उपाध्यक्ष युवराज ज्ञवालीले प्रदेश तथा स्थानीय तह समन्वय संयोजन, मानवश्रोत सम्बद्ध विभागहरूको जिम्मेवारी पाएका छन् भने अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजन, सामाजिक विकास सम्बद्ध विभागहरूको जिम्मेवारी पाएकी छन् ।

रामबहादुर थापाले कूटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षा संयोजन, कृषि तथा उद्यमशीलता सम्बद्ध विभागहरूको जिम्मेवारी पाएका छन् भने विष्णुप्रसाद पौडेलले पार्टीको संगठनात्मक कामको अनुगमन संयोजन, पार्टी सम्बद्ध विभागहरूको जिम्मेवारी पाएका छन् ।

सुरेन्द्रप्रसाद पाण्डेले राजकीय मामला संयोजन, पूर्वाधार तथा विकास सम्बद्ध विभागहरूको जिम्मेवारी पाउँदा गुरुप्रसाद बरालले संसदीय मामला, संयोजन, सुशासन र सेवाप्रवाह सम्बद्ध विभागहरूको जिम्मेवारी पाएका छन् ।

महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजनको जिम्मेवारी पाएका छन् ।

यस्तै उपमहासचिवहरूमा प्रदीप ज्ञवालीले पार्टी स्कुल विभागको जिम्मेवारी पाएका छन् भने विष्णु रिमालले निर्वाचन विभाग प्रमुख, वित्त तथा कोष व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् । पृथ्वीसुब्बा गुरुङ मन्त्री भएकाले कुनै जिम्मेवारी पाएका छैनन् ।

यस्तै सचिवहरूमा लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका छन् भने गोकर्णराज विष्टले भौतिक पूर्वाधार तथा यातायात विभागको जिम्मेवारी पाएका छन् ।

योगेश भट्टराईले संसदीय विभागको जिम्मेवारी पाउँदा रघुवीर महासेठले परराष्ट्र मामिला विभागको जिम्मेवारी पाएका छन् ।

छविलाल विश्वकर्माले स्थानीय विकास विभागको जिम्मेवारी पाएका छन् भने पद्माकुमारी अर्यालले लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी पाएकी छिन् । एमाले सचिव टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् ।

सचिवद्वय पद्मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरिएका हुन् । अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्जमा कायमै रहेका छन् ।

यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । बराल बढुवा भएर उपाध्यक्ष मनोनीत भएकाले इन्चार्जको जिम्मेवारीबाट हटे ।

मधेशको इन्चार्जमा दाबी गरेका सचिव रघुवीर महासेठलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । यसअघि यो विभागको प्रमुख रहेका राजन भट्टराईलाई भने बागमतीमा इन्चार्ज भएका हुन् ।

एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी पनि तोकेको छ ।

जिम्मेवारी अनुसार पोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली चितवन जिल्ला इन्चार्ज बनेका छन् । काठमाडौंको जिम्मेवारी आनन्दप्रसाद पोखरेलले पाएका छन् ।

पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले काभ्रेपलाञ्चोक, भक्तपुर महेश बस्नेत, ज्वालाकुमारी साहलाई बारा, विशाल भट्टराईलाई खोटाङ पाएका छन् ।

गणेशसिंह ठगुन्नालाई दार्चुला, ठाकुरप्रसाद गैरेलाई पाल्पा, जुलीकुमारी महतोलाई धनुषा, निरुदेवी पाललाई कञ्चनपुर, नरुलाल चौधरीलाई दाङ, सूर्य थापालाई प्युठान, पार्वत गुरुङलाई दोलखा जिल्ला इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

अन्य पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यले पनि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्र तथा क्षेत्रगत फाँटको इन्चार्ज, प्रमुख तथा संयोजकको जिम्मेवारी पाएका छन् । एमालेले निर्वाचन क्षेत्रको जिम्मेवारी पनि नेताहरूलाई तोकेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise