काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले शपथ नलिँदासम्म आफ्नो मोबाइल सिज गरिएको खुलासा गरेका छन् ।
आइतबार राजधानीमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा उनले भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि आफू सेनाको सुरक्षा रहेको बताउँदै प्रधानमन्त्री सुशीला कार्कीले शपथ नलिँदासम्म मोबाइल सिज गरिएको बताए । सिज गरिएको मोबाइल आफूले भदौ २७ गते मात्र पाएको उनले दाबी गरे ।
ओलीले आफूले जेनजीका असली अगुवासँग छलफल गरेको बताउँदै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन माग नगरेको दाबी गरेका छन् । जेनजी आन्दोलनमा घूसपैठ भएको र त्यसपछिका घटनाक्रमहरूमा असली जेनजीहरूलाई धोका भएको उनले दाबी गरे ।
उनले आफूले पनि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस नगरेको दाबी गरे ।