२०८२ कार्तिक २ गते आइतवार / Oct 19 , 2025 , Sunday
२०८२ कार्तिक २ गते आइतवार
Ads

ओलीको गुनासो : 'देशको चिन्ता मैले मात्रै गर्नुपर्ने ?'

shivam cement
मध्यान्ह
२०८२ कार्तिक २ गते १५:२६
ओलीको गुनासो : 'देशको चिन्ता मैले मात्रै गर्नुपर्ने ?'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्र देशको चिन्ता गर्नुपरेको भन्दै गुनासो गरेका छन् ।

आइतबार राजधानीमा सम्पादकहरूसँगको अन्तरक्रियामा उनले उमेरको सन्दर्भ दिँदै देशका अन्य जिम्मेवार नागरिकले पनि राष्ट्रिय विषयमा ध्यान दिनुपर्ने बताए ।

'देश मेरो मात्रै होइन नि । म ७३ वर्षको भइसकेँ, अब मैले मात्रै चिन्ता गर्नुपर्ने ?' ओलीले प्रश्न गर्दै भने, 'नेपालमा मभन्दा धेरै बाँच्ने मानिसहरू छन्, उनीहरूले पनि देशका बारेमा मेरोभन्दा बढी सोच्नुपर्ने हो । मसँग किन रिस उठेको हो, मलाई थाहा छैन । मैले भ्रष्टाचार गरेको पनि छैन ।'

उनले देशमा राजनीतिक दल र नेताहरूप्रति घृणा बढेको दाबी पनि गरे । 'नेपालमा अहिले राजनीति, राजनीतिक दल र नेताप्रति घृणा फैलिएको छ,' ओलीले भने, 'अनुभव नभएकाले यसरी सोच्ने गर्छन् । ओलम्पिक खेलमा पनि अनुभव नहुनेलाई पठाउने जस्तो मानसिकता बनिरहेको छ ।'

त्यसक्रममा उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको प्रसंग उठाउँदै कानुन पढेकाहरू प्रधानमन्त्री र मन्त्री बनेको उल्लेख गरे । 'अब कोही कानुन पढेका प्रधानमन्त्री हुने, कोही कानुन पढेका मात्रै मन्त्री हुने अवस्था छ,' उनले टिप्पणी गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise