२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कतारद्वारा विभिन्न भिसाको म्याद सकिएकाहरूलाई निःशुल्क एक महिना म्याद थप

shivam cement
तिलु शर्मा पौडेल
२०८२ फागुन १९ गते १५:३८
Shares
कतारद्वारा विभिन्न भिसाको म्याद सकिएकाहरूलाई निःशुल्क एक महिना म्याद थप

दोहा, कतार : कतारको गृह मन्त्रालयले म्याद सकिएका वा सकिन लागेका सबै प्रकारका भिसाहरूको म्याद एक महिनाका लागि थप गर्ने घोषणा गरेको छ । थप आवश्यक परेमा परिस्थिति अनुसार समयावधि बढाउन पनी सकिने र यो निर्णय शनिबार, फेब्रुअरी २८, २०२६ देखि लागू भएको मन्त्रालयले जनाएको छ ।

यो निर्णय लागू भएसँगै कतारी आइडी सकिएर कतार बाहिर रहेका सबै जनाले आगामी मार्च २८ भित्र कतार प्रवेश गर्न पाउने भएका छन् । मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार भिसा म्याद थप स्वीकृत विद्युतीय प्रणालीमार्फत स्वतः गरिनेछ । यसका लागि कुनै शुल्क लाग्ने नलाग्ने र सम्बन्धित कार्यालयमा उपस्थित हुन वा थप आवेदन दिन आवश्यक नपर्ने मन्त्रालयले स्पष्ट पारेको छ । 

फेब्रुअरी २८, २०२६ भन्दा अगाडि ओभरस्टे (भिसा म्याद नाघेको) का हकमा भने तोकिएको जरिवाना तिर्नुपर्नेछ । त्यसपछि मात्र माथि उल्लेखित मितिदेखि उनीहरूलाई म्याद थप तथा शुल्क छुट लागू हुनेछ। शनिवारबाट इरानले कतारमा रहेको अमेरिकन बेस क्याम्प लक्षित आक्रमण गरेसङै कतारले सम्पूर्ण उडानहरू स्थगित गरेको छ । उडान स्थगित सँगै कतार बाहिर रहेका प्रवेश गर्न पाएका छैनन् भने कतारमै रहेकाहरू पनी बाहिरिन नपाएको अवस्थामा सरकारको सकारात्मक निर्णय आएको हो ।

कतार सरकारको यस निर्णयको एनआरएनए एनसिसि कतारका अध्यक्ष कृष्ण पन्थीले प्रशंसा गर्दै आभार व्यक्त गरेका छन् । उनले भिसा म्याद थप भएसँगै आफ्नो टिकट परिवर्तनका लागी सम्बन्धित एयरलाइन्सको अफिस या आफूले टिकट लिएको ट्राभल अफिसमा सम्पर्क गर्न समेत यात्रुमा आग्रह गरेका छन् ।

सम्बन्धित खबर