२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

इरानद्वारा प्रहार गरिएका ब्यालिस्टिक मिसाइल र ड्रोन कतारद्वारा निष्क्रिय

shivam cement
तिलु शर्मा पौडेल
२०८२ फागुन २१ गते २३:११
Shares
इरानद्वारा प्रहार गरिएका ब्यालिस्टिक मिसाइल र ड्रोन कतारद्वारा निष्क्रिय

दोहा कतार : इरानले कतारस्थित विभिन्न भूभागका संरचना लक्षित गर्दै १४ वटा ब्यालिस्टिक मिसाइल र ४ वटा ड्रोनसहित धेरै क्षेप्यास्त्र आक्रमणहरू गरेको जनाएको छ । कतारको रक्षा मन्त्रालयले बिहीबार बिहान सवा ११ बजेदेखि  इरानले गरेका आक्रमणहरूका सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो । 

उक्त आक्रमणलाई वायु रक्षा प्रणालीद्वारा प्रतिकार गरिएको जनाउँदै हालका लागि कतारमा कुनैपनि सुरक्षा खतरा  नरेहको स्पष्ट पारेको छ । "भगवानको कृपाले हाम्रा सशस्त्र बलहरूले १३ वटा मिसाइलहरू सफलतापूर्वक रोकेका छन् भने अन्तिम एउटा मिसाइल कतार राज्यको क्षेत्रीय जलक्षेत्रमा खसेको छ," मन्त्रालयले जारी गेरको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा कुनै पनि मानवीय क्षतिबिना नै चार वटा ड्रोनहरू पनि सफलतापूर्वक रोकिएको उल्लेख छ । 

मन्त्रालयले थप जोड दिँदै भनेको छ, "कतार सशस्त्र बलसँग राज्यको सार्वभौमसत्ता, आफेनो भूभागको रक्षा गर्न र कुनै पनि बाह्य खतराको दृढताका साथ जवाफ दिनसक्ने पूर्ण क्षमता र स्रोतहरू छन् ।" मन्त्रालयले नागरिक, बासिन्दा र आगन्तुकहरूलाई शान्त रहन, सुरक्षा अधिकारीहरूले जारी गरेका आधिकारिक निर्देशनहरू पालना गर्न, अफवाहहरूबाट बच्न र आधिकारिक माध्यमहरूबाट जारी गरिएका जानकारीहरूमा मात्र भर पर्न आग्रह गरेको छ ।

सम्बन्धित खबर