२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

एउटै सपना, एउटै सफलता : दुई दाजुभाइको प्रेरणादायी यात्रा

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ चैत ४ गते २०:४९
Shares
एउटै सपना, एउटै सफलता : दुई दाजुभाइको प्रेरणादायी यात्रा

अर्घाखाँची : कहिलेकाहीँ सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित हुँदैन, त्यो परिवार, समाज र सम्पूर्ण पुस्ताका लागि प्रेरणाको स्रोत बन्छ । 

कपिलवस्तु  जिल्लाको बुद्धभूमि नगरपालिका–४ का प्रदीप खनाल र प्रमोद खनालको कथा त्यस्तै उदाहरण बन्न पुगेको छ, जहाँ मेहनत, अनुशासन र लक्ष्यप्रतिको प्रतिबद्धताले इतिहास नै रचेको स्थानीयबासीको भनाइ छ ।

एउटै परिवारका दुई दाजुभाइले एकैसाथ लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्दै नेपाल सरकारको उपसचिव पदमा नाम निकाल्नु केवल व्यक्तिगत जीत होइन, यो एउटा दुर्लभ र प्रेरणादायी उपलब्धि हो  ।

कपिलवस्तुका दामोदर खनाल र पुर्णा खनालका यी दुई छोराले देखाएको समर्पणले प्रमाणित गर्छ, ‘सपना देख्ने मात्र होइन, त्यसलाई पूरा गर्न निरन्तर प्रयास गर्नुपर्छ  ।’

तर उनीहरूको यात्रा यहाँ मात्रै रोकिएन । आफूले हासिल गरेको ज्ञान र अनुभवलाई अरूसम्म पु¥याउने उद्देश्यले उनीहरूले संयुक्त रूपमा ‘दृष्टिकोण शाखा अधिकृत’ नामक पुस्तक लेखन तथा सम्पादन गरी अहिले बजारमा पुस्तकले मार्केट लिएको छ । 

लोकसेवा आयोगको पाठ्यक्रममा आधारित यो पुस्तक शाखा अधिकृत (लिखित) परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि मार्गदर्शक बन्ने विश्वास गरिएको पुस्तक लेखक प्रमोद खनालले बताए । 

पुस्तकको विशेषता यसको सरलता र स्पष्टतामा छ । विषयवस्तुको गहिरो तर सहज व्याख्या, अवधारणात्मक प्रस्तुति, परीक्षा केन्द्रित रणनीति, क्र्यास कोर्स सामग्री र अभ्यासका लागि प्रश्न सेटहरू यसमा समावेश गरिएका छन् । द्वितीय, तृतीय र चतुर्थ पत्र समेटिएको यो पुस्तकले तयारीकर्ताहरूलाई व्यवस्थित र प्रभावकारी ढंगले अध्ययन गर्न मद्दत गर्नेछ । नेटवर्क एजुकेसन एकेडेमीको शैक्षिक सहयोग र एक्सिलेन्स पब्लिकेशन्स प्रालिले प्रकाशनमा ल्याएको यस कृतिले केवल परीक्षा तयारीलाई सहज बनाउने मात्र होइन, सफलता कसरी सम्भव छ भन्ने सन्देश पनि दिएको पुस्तकका जानकार बताउँछन् ।

प्रदीप र प्रमोदको यात्रा नेपाली युवाहरुका लागि एउटा सन्देश हो, सफलता संयोग होइन, यो निरन्तर प्रयास, सही दिशानिर्देश र आत्मविश्वासको परिणाम हो । उनीहरूले देखाएको बाटो पछ्याउँदै नयाँ पुस्ताले पनि आफ्ना सपनाहरू साकार पार्न सक्छन् । 

यो कथा केवल दुई दाजुभाइको होइन, यो सम्भावनाको कथा हो । एउटा यस्तो प्रेरणा, जसले भन्छ, यदि लक्ष्य स्पष्ट छ र मेहनत सच्चा छ भने, सफलता टाढा हुँदैन । प्रमोद खनाल अहिले सन्धिखर्क नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् भने प्रदीप सामान्य प्रशासन मन्त्रालयको उपसचिव छन् ।

सम्बन्धित खबर