२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

वन संरक्षणमा डिभिजन कार्यालय वाणगंगा

himalayanlife
सूर्यप्रसाद भुसाल
२०८२ चैत १३ गते २०:०७
Shares
वन संरक्षणमा डिभिजन कार्यालय वाणगंगा

अर्घाखाँची : अर्घाखाँचीको वाणगंगा सव डिभिजन वन कार्यालय यतिबेला सकारात्मक परिवर्तनको केन्द्र बनेको छ । यसको प्रमुख श्रेय जान्छ वन अधिकृत अर्जुन चापागाईंलाई, जसले आफ्नो जिम्मेवारी सम्हालेको १७ महिनामै उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । 

अर्घाखाँची डिभिजन वन कार्यालयमा हाजिर भएर वाणगंगा सव डिभिजनको नेतृत्व सम्हालेका चापागाईं आफ्नो खरो स्वभाव, स्पष्ट दृष्टिकोण र कडाइका साथ काम गर्ने शैलीका कारण अहिले स्थानीय समुदायका प्रिय बन्न सफल भएका छन् । 

विगतमा अस्तव्यस्त रहेका सामुदायिक वनका कामकारबाहीलाई व्यवस्थित बनाउँदै चापागाईंले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राखेका छन् । 

एक समय श्रेस्ता मिलाउन नसक्ने अवस्था रहेका वन उपभोक्ता समितिहरू अहिले दैनिक प्रशासनिक कार्यदेखि आर्थिक व्यवस्थापनसम्ममा दक्ष र सक्रिय बनेका छन् ।  यस परिवर्तनले स्थानीय उपभोक्तामा आत्मविश्वास बढाउनुका साथै वन व्यवस्थापनमा जनसहभागिता पनि मजबुत बनाएको छ ।

अर्घाखाँचीमा सामुदायिक वनको आम्दानी यतिसम्म प्रभावकारी बनेको छ कि यसले स्थानीय सरकारलाई समेत चुनौती दिने अवस्था सिर्जना गरेको छ । आम्दानीको पारदर्शी प्रयोग, विकासमुखी योजना र उपभोक्तामैत्री कार्यशैलीले वन क्षेत्रलाई मात्र होइन, समग्र स्थानीय विकासलाई टेवा पुर्‍याएको छ ।

चापागाईंको नेतृत्वमा वन डढेलो नियन्त्रण, चोरी निकासी नियन्त्रण तथा वन क्षेत्रको नियमित गस्तीलाई उच्च प्राथमिकता दिइएको छ । कर्मचारीसहित जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्दै वन संरक्षणप्रति स्थानीयको जागरूकता बढाइएको छ । 

‘वन जोगाउँ, भविष्य सुरक्षित बनाऔं’भन्ने मूल मन्त्रसहित उनी निरन्तर क्रियाशील छन् भने उनलाई साथ अनुभबी फरेष्टर यमन केसी लगायतका प्राविधिकले साथ दिएका छन् ।

यमनसहितका कर्मचारी प्राविधिक पनि दैनिक फिल्डमा खटिएर विश्वसनीय काम गरेपछि अहिले उपभोक्ता हर्षित छन् । वाणगंगा सव डिभिजन वन कार्यालय अहिले सुशासन, जनसहभागिता र प्रभावकारी वन व्यवस्थापनको उत्कृष्ट नमुना बनेको छ । 

अर्जुन चापागाईं जस्ता कर्मठ र इमान्दार वन अधिकृतहरूकै कारण नेपालको वन संरक्षण अभियान अझ सुदृढ बन्दै गएको छ । उनका प्रयासहरू अन्य क्षेत्रमा पनि प्रेरणाको स्रोत बन्ने निश्चित भएको स्थानीय रेसम वन्जाडे बताउँछन् ।

सम्बन्धित खबर